शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

राष्ट्रिय बीमा संस्थान र बीमा कम्पनीलाई तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न निर्देशन

images
सोमबार, माघ १६ २०७९
images
राष्ट्रिय बीमा संस्थान र बीमा कम्पनीलाई तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न निर्देशन

अर्थमन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै आजका मितिबाट सुरु भइ २०८० साल  वैशाख १६सम्म लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिनु भएको हो।

images
images

 काठमाडौं-अर्थमन्त्रालयले तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ।

images
images
images

अर्थमन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै आजका मितिबाट सुरु भइ २०८० साल  वैशाख १६सम्म लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिनु भएको हो।

images
images

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/०७४ देखि लेखा परीक्षण हुन बाँकी छ।   

images
images

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले लेखा परीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि निर्देशन दिनु भएको छ।

बैठकमा अर्थमन्त्रालय राजस्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बिमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बिमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेखर बराल लगायतको उपस्थिति रहेको थियो।


प्रकाशित : सोमबार, माघ १६ २०७९११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend