शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

राहदानी सेवा सहज बनाउने प्रयास : अग्रिम अनलाइन आवेदन

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १६ २०७९
images
राहदानी सेवा सहज बनाउने प्रयास : अग्रिम अनलाइन आवेदन

यो व्यवस्थाबाट सेवाग्राहीले अहिले भोगिरहेको सास्ती र झन्झट कम हुने विभागले जनाएको छ। आज प्रि-इनरोलमेन्ट गर्दा फागुन १५ सम्ममा समय पाइनेछ। 

images
images

काठमाडौं- राहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि-इनरोलमेन्टको व्यवस्था गरेको छ । 

images
images
images

विभागले एक सूचना प्रकाशित गरी आजदेखि दैनिक एक हजार पाँच सयका दरले एक महिनाको प्रि-इनरोलमेन्ट हुने जनाएको छ। 

images
images

हाल दुईदेखि तीन दिनको मात्रै प्रि-इनरोलमेन्टको व्यवस्था रहेकामा अब एक महिनाको गर्न लागिएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन्।

images
images

उनका अनुसार दुई, तीन दिनको मात्रै अग्रिम आवेदन हुँदा सेवाग्राहीलाई झन्झट भएको गुनासो आएपछि विभागले एक महिनाको योजना ल्याएको हो। यो व्यवस्थाबाट सेवाग्राहीले अहिले भोगिरहेको सास्ती र झन्झट कम हुने विभागले जनाएको छ। आज प्रि-इनरोलमेन्ट गर्दा फागुन १५ सम्ममा समय पाइनेछ। 

विभागसहित विदेशमा रहेका कूटनीतिक नियोग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयले पनि एक महिनाको प्रि-इनरोलमेन्ट गराउने छन्। 

काठमाडौं नजिकका जिल्लामा १० देखि १२ दिनभित्र, तराईका जिल्लामा १२ देखि १५ दिनभित्र, पहाडका सुगम जिल्लामा १५ देखि २० दिन, हिमाली जिल्लामा २० देखि ३० दिन र विदेशमा रहेका नेपाली नियोगमा २० देखि ३५ दिनभित्र राहदानी वितरण गरिने विभागले जनाएको छ। 


प्रकाशित : सोमबार, माघ १६ २०७९०९:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend