शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

अकुत सम्पत्ति आर्जनको अभियोगमा तत्कालीन राजस्व अधिकृत रामजी रिजाल दोषी ठहर 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ १५ २०७९
images
अकुत सम्पत्ति आर्जनको अभियोगमा तत्कालीन राजस्व अधिकृत रामजी रिजाल दोषी ठहर 

रिजालले विभिन्न कार्यालयहरुमा कार्यरत रहँदा पदिय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोग थियो। 

images
images

काठमाडौं- राजश्व अनुसन्धान विभागको अधिकृतबाट २०७४ सालमा अवकाश पाएका रामजी रिजाल अकुत सम्पत्ति कमाएको अभियोगमा दोषी ठहर भएका छन् । 

images
images
images

विशेष अदालतको पूर्ण इजलासले उनलाई दोषी ठहर गरेको हो। 

images
images

रिजालले अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अन्तिम सुनुवाइ गर्दै विशेषले उनलाई दोषी ठहर गरेको हो। 

images
images

रिजाललाई दुई करोड ९७ लाख ३८ हजार ३१० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको र उनको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ फागुन ६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

रिजालले विभिन्न कार्यालयहरुमा कार्यरत रहँदा पदिय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोग थियो। 

रिजाल २०४० कात्तिकमा अस्थायी जागिरेका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए। सुरुमा खानेपानी तथा ढल निकास विभाग पोखरामा अस्थायी सेवामा प्रवेश गरी २०४ बैशाखमा भूमी सुधार तथा व्यवस्था मन्त्रालयको खरिदार पदबाट स्थायी नियुक्ती लिएका थिए। 

२०७४ वैशाख १५ गते रिजाल राजश्व अनुसन्धान विभाग ललितपुरबाट शाखा अधिकृतको पदबाट अनिवार्य अवकाशमा गएका थिए। 

 ३५ वर्षको अवधिमा रिजालले कूल ४ करोड ९४ लाख रुपैयाँ आर्जन गरेको अख्तियारको अनुसन्धानबाट पाइएको थियो। तर उनको वैध आम्दानी १ करोड ९६ लाख रुपैयाँमात्र रहेको आयोगको ठहर थियो। 

रिजालले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिहरु निजकी श्रीमती समेतको नाममा राखेको अख्तियारले दाबी गरेको थियो। 


प्रकाशित : आइतबार, माघ १५ २०७९१३:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend