बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सुजुकी जिम्नीको विद्युतीय भर्सन आउने निश्चित 

आइतबार, माघ १५ २०७९
सुजुकी जिम्नीको विद्युतीय भर्सन आउने निश्चित 

हाल बेलायत तथा युरोपेली बजारमा १ सय बीएचपी पावर दिने १.५ लिटर पेट्रोल इन्जिनमा सुजुकी जिम्नी उपलब्ध रहेको छ।

काठमाडौं- सुजुकी मोटर कर्पोरेसनले लोकप्रिय अफरोड एसयूभी जिम्नीको विद्युतीय भर्सन ल्याउने घोषणा गरेको छ। भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीको माउ कम्पनी सुजुकी मोटर कर्पोरेसनले युरोपेली बजारलाई लक्षित गरि विद्युतीय जिम्नी ल्याउने घोषणा गरेको हो। 

सुवाती चरणमा युरोपेली बजारलाई लक्षित गरि आउने विद्युतीय जिम्मी क्रमिक रुपमा भारतीय बजारमा समेत आउने अनुमान गरिएको छ। पाँच ढोके अफ रोड विद्युतीय जिम्नीमा अहिलेको तुलनामा केही परिमार्जन भएर आउनेछ। 

बेलायतले कार्बन उत्सर्जन न्यूनीकरणलाई ध्यानमा राखेर कमर्सियल सवारीलाई पनि विद्युतीकरणमा लैजान दबाब सृजना गरिरहेको छ। हाल बेलायत तथा युरोपेली बजारमा १ सय बीएचपी पावर दिने १.५ लिटर पेट्रोल इन्जिनमा सुजुकी जिम्नी उपलब्ध रहेको छ। यो जिम्नी स्ट्यान्डर्ड फोरह्वील ड्राइभमा उपलब्ध छ। 

विद्युतीय जिम्नी बेलायमा कहिले सार्वजनिक हुने भन्ने तय नभएपनि २०२४ सम्ममा बेलायतसहित युरोपेली बजारमा आइसक्नेछ। सुजुकीले आटो एक्सपो २०२३ मा ईभीएक्स कन्सेप्ट शोकेस गर्दै २ वर्षभित्र उत्पादनमा जाने बताएको थियो। सुजुकीको विद्युतीय जिम्नी दोस्रो विद्युतीय कार समेत हुने अनुमान गरिएको छ। 

अबको केही वर्षमा सुजुकीले युरोपमा ८० प्रतिशत विद्युतीय र २० प्रतिशत हाइब्रिड कार हुनेछ। त्यस्तै भारतीय बजारमा पनि मारुती सुजुकीले पेट्रोल, हाइब्रिड, विद्युतीय, सीएनजी, बायोग्यास र इथानोलबाट चल्ने कारलाई प्राथमिकता दिने जनाएको छ। यता नेपालमा भने पेट्रोल, हाइब्रिड र विद्युतीय कारमात्र आउने छन्। 

मारुती सुजुकीले भारतीय बजारमा ठूलो संख्यामा विद्युतीय कार बिक्री गर्न अझै केही वर्ष लाग्नेछ। त्यसैले पनि सुजुकीले युरोपमा सार्वजनिक गरेपछि विद्युतीय जिम्नी भारतीय बजारमा पनि पक्कै आउनेछ। यसले पनि मारुती सुजुकीको विद्युतीय कार प्रति उपभोक्तामा उत्साह जगाउन सहयोग पुग्ने विश्वास कम्पनीको छ।

युरोपपछि सुजुकीले विद्युतीय जिम्नी भारतीय बजारमा मात्र नभइ विश्व बजारमा नै सार्वजनिक गर्नेछ। भारतमा आएलगत्तै विद्युतीय जिम्नी नेपाली बजारमा पनि आउने छ। 


प्रकाशित : आइतबार, माघ १५ २०७९११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend