बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

ग्रेटवाल नेपालको ‘बाइ ग्रेट, सेभ बिग’ अफर सार्वजनिक, विद्युतीय सवारीको इकोसिस्टम बनाउँदै

आइतबार, माघ १५ २०७९
ग्रेटवाल नेपालको ‘बाइ ग्रेट, सेभ बिग’ अफर सार्वजनिक, विद्युतीय सवारीको इकोसिस्टम बनाउँदै

यस योजना अन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको व्यापक बीमा, एक्सचेन्ज बोनस, स्पट भ्यालुएसन र निःशुल्क एक्सेसरिज लगायत ५ लाख रुपैयाँसम्मका फाइदाहरू पाउनेछन्।

काठमाडौं- ग्रेट वाल मोटर (जीडब्लूएम) कोे नेपालका लागि आधिकारीक बिक्रेता भीजी इम्पेक्स प्रालिले नेपाली बजारमा ‘बाइ ग्रेट, सेभ बिग’ नामक नयाँ अफर ल्याएको छ।

यो अफर नेपालभर ४५ दिनसम्म चालु रहने छ र यो अवधिमा खरिद गरिएका जीडब्लूएमका सबै प्रकारको गाडीहरुमा मान्य हुनेछ। कम्पनीले ग्राहकहरु प्रति आफ्नो प्रतिवद्वतालाई निरन्तरता दिँदै बाइ ग्रेट, सेभ बिग अफर सार्वजनिक गरेको हो। यस अफरबाट ग्राहकहरुलाई सुपथ मूल्यमा आनन्द र आरामदायी ड्राइभ प्रदान गर्ने विश्वास लिइएको छ।

यस योजना अन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको व्यापक बीमा, एक्सचेन्ज बोनस, स्पट भ्यालुएसन र निःशुल्क एक्सेसरिज लगायत ५ लाख रुपैयाँसम्मका फाइदाहरू पाउनेछन्।

ग्रेटवाल मोटर ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो जसको विश्वबजारमा ८० सब्सिडायरी र अफिलिएटसहरु रहेका छन्। विगत ६ वर्षदेखि यस कम्पनीले हरेक साल १० लाखभन्दा धेरै गाडीहरु बिक्री गरिरहेको छ। चीन बाहेक जीडब्लूएमले आफ्ना उत्कृष्ट गाडीहरु ६० भन्दा धेरै राष्ट्रहरुका ७ सयभन्दा धेरै केन्द्रबाट बिक्री गरिरहेको छ। 

जीडब्लूएम नेपालले हाभल एच सिक्स, हाभल जोलायन, पावर र विंगल ५ जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ। जीडब्लूएम–नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरु र प्रिमियम सुविधाहरु उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने वाचासमेत गरेको छ। 

जीडब्लूएम नेपालले आफ्ना बिक्री र बिक्रीपछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको छ। कम्पनीले उपभोक्ताहरुलाई नयाँ र वृहत सेवाहरु प्रदान गर्ने र नेपालको विद्युतीय सवारीको इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको जनाएको छ। 


प्रकाशित : आइतबार, माघ १५ २०७९०७:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend