शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, चार सय घरमा क्षति

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १३ २०७९
images
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, चार सय घरमा क्षति
फाइल तस्बिर

भूकम्पले बडीमालिकामा एक सय ८७, बूढीनन्दा नगरपालिकामा एक, हिमाली ४० र स्वामीकार्तिक खापर गाउँपालिकामा एक घरमा सामान्य क्षति पुगेको छ। भूकम्पबाट प्रहरी चौकी विच्छ्या जोखिममा छ।

images
images

बाजुरा- बाजुरामा मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव नौ रेक्टरको भूकम्प जाँदा हालसम्म ४२ परिवार पूर्णरूपमा विस्थापित भएका छन्। भूकम्पबाट तीन पालिकाका ती परिवार विस्थापित भएका हुन्। 

images
images
images

भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। बडीमालिकाका १२, हिमालीका चार र गौमुलका १४ परिवार आफन्तकहाँ  बसेका छन्। भूकम्पले घर चर्किएका र बस्ने अवस्थाका नभएकाले पाँच परिवार त्रिपालको सहारमा छन्। 

images
images

भूकम्पपछि त्रिपालको सहारामा बडीमालिकाका एक, गौमुलका एक र हिमालीका तीन परिवार रात काट्न बाध्य छन्। बडीमालिकाको एउटा परिवार मन्दिरमा बास बस्न थालेको थापाले बताए।
 
चार सय घरमा क्षति 

images
images

भूकम्पका कारण झण्डै चार सय घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले  सङ्कलन गरेको क्षतिको विवरणानुसार सबैभन्दा बडीमालिका नगरपालिकामा क्षति भएको छ। 

भूकम्पले बडीमालिकामा २१, बूढीनन्दामा तीन र बूढीगङ्गामा एक घर पूर्णरूपमा क्षति भएका छन् भने हिमालीमा १९, गौमुलमा ११, खप्तड छेडेदहमा चार, स्वामीकार्तिक खापर गाउँपालिकामा एक गरी ६० घर पूर्णरूपमा क्षति भएको डिएसपी थापाले बताए। बडीमालिकामा ३१, बूढीनन्दामा नौ, हिमालीमा नौ, खप्तड छेडेदह पाँच र गौमुलमा पाँच घरमा आंशिकरूपमा क्षति पुगेको छ। 

यसैगरी भूकम्पले बडीमालिकामा एक सय ८७, बूढीनन्दा नगरपालिकामा एक, हिमाली ४० र स्वामीकार्तिक खापर गाउँपालिकामा एक घरमा सामान्य क्षति पुगेको छ। भूकम्पबाट प्रहरी चौकी विच्छ्या जोखिममा छ। प्रहरी चौकी कुन्नार कारागार सुरक्षा गार्ड ब्यारेक चर्किएको छ।  

भूकम्पबाट गौमुल गाउँपालिका-२ जुरीलेकी ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएको थियो। भूकम्पबाट गौमुल-१ अम्लिसका ३५ वर्षीय राजदल बोहरा, बडीमालिका नगरपालिका-२ की ४२ वर्षीया चन्द्रा महत, हिमाली गाउँपालिका-१ की छ वर्षीया सुश्रीता थापा र हुम्ला जिल्ला घर घई हिमाली-६ मा दिदीको घर आएकी १६ वर्षीया सरिता नेपाली घाइते भएको प्रहरीले जनाएको छ।

बोहरा, महत र नेपाली उपचारपछि घर फर्किएका छन् भने थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। भूकम्पका कारण गौमुल-१ अम्लिसका बोहराका ३५ भेडा मरेका डिएसपी थापाले बताए। भूकम्पले पुर्‍याएको क्षतिको विवरण प्रहरीले सङ्कलन गरिरहेको छ। रासस


प्रकाशित : शुक्रबार, माघ १३ २०७९०४:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend