शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १२ २०७९
images
राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै

विभागको सफ्टवेयरमा आउने समस्यादेखि अन्य विविध कारणले सेवाग्राही घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता अझै कायमै रहेको सेवाग्राहीको गुनासो छ। 

images
images

काठमाडौं- राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ। राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भिड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले जनाएको छ। 

images
images
images

विभागमा सधैँ सेवाग्राहीको भिड बढ्दै जान थालेका कारण घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी भइरहेको विभागका निर्देशक तथा प्रवक्ता दुरुपदा सापकोटाले बताए। उनले भने, 'सेवाग्राहीको घण्टौँ लामो लाइन तथा भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेका छौँ तर कस्तो किसिमको कार्ययोजना बनाउने त्यस विषयमा गृहकार्य हुँदैछ।' 

images
images

कार्ययोजनाको खाका छलफलकै क्रममा रहेको र यसको जिम्मेवार सबै निकायबाट पारित भएपछि कार्यान्वयन हुने प्रवक्ता सापकोटाको भनाइ छ। राहदानी विभागमा अबका दुई/तीन महिनामा देखिने गरी सुधार हुने उनको दाबी छ। विभागको सफ्टवेयरमा आउने समस्यादेखि अन्य विविध कारणले सेवाग्राही घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता अझै कायमै रहेको सेवाग्राहीको गुनासो छ। 

images
images

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेले भीड व्यवस्थित गर्न निर्देशन दिएका थिए। राहदानी विभाग बाहिर राहदानी बनाउनेको भीड अहिले पनि उस्तै रहेको बताइएको छ।

अनलाइनमा आवेदन दिन तथा कार्यालयमा गएर फोटो खिच्ने र बायोमेट्रिक गर्ने समय पाउनै मुस्किल हुने तथा त्यसैमाथि साइट नचल्ने, जसोतसो साइट खुलिहाले पनि आवेदन पेस गर्न नसकिने समस्या हुने गरेको सेवाग्राहीको गुनासो छ। राहदानी विभागमा हुने समस्या र सेवाग्राहीको गुनासो सम्बोधन गर्न पहल भइरहेको प्रवक्ता सापकोटाले बताए। रासस


प्रकाशित : बिहीबार , माघ १२ २०७९०९:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend