शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख ६ हजार ९ सय रुपैयाँ 

images
बिहीबार , माघ १२ २०७९
images
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख ६ हजार ९ सय रुपैयाँ 

बिहीबारका लागि चाँदीको मूल्य १३ सय ८० रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। पहिलो पटक सुनको मूल्य तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको हो। 

images
images
images

केही दिनअघि सुनको मूल्य तोलामा १ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। विवाहको सिजनमा सुनको मूल्यले नयाँ नयाँ रेकर्ड बनाउँदै गएको छ। 

images
images

बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारका लागि भने छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भइ नयाँ रेकर्ड बनेको हो। 

images
images

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको हो। बिहीबारका लागि चाँदीको मूल्य १३ सय ८० रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : बिहीबार , माघ १२ २०७९०४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend