सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

शक्तिखोर-मझिमटार र इलामको सुनमाइ राजदुवाली सडक सुरुङ निर्माण फिजिबिलिटी अध्ययनका लागि प्राविधिक रुपमा सफल कम्पनी छनोट

बिहीबार , माघ १२ २०७९
शक्तिखोर-मझिमटार र इलामको सुनमाइ राजदुवाली सडक सुरुङ निर्माण फिजिबिलिटी अध्ययनका लागि प्राविधिक रुपमा सफल कम्पनी छनोट

काठमाडौं- सडक विभागले दुईवटा सुरुङ मार्ग निर्माणका  सम्भावयता अध्ययनका लागि प्राविधिक रुपमा सफल कम्पनी छनोट गरेको छ।

विभागले चितवनको शक्तिखोर-मझिमटार र इलामको सुनमाइ राजदुवालीमा सडक सुरुङ बनाउनका लागि  फिजिबिलिटी अध्ययनका लागि प्राविधिक रुपमा सफल कम्पनी छनोट गरेको हो। अब यी नै कम्पनीहरुबाट विभागले आर्थिक प्रस्ताव माग गर्ने छ। 

विभागले शक्तिखोर-मझिमटार सुरङ मार्गको फिजिबिलिटी अध्ययनका लागि ७ वटा कम्पनी प्राविधिक रुपमा सफल भएको भन्दै सर्टलिष्ट गरेको छ। यसैगरी  इलामको सुनमाइ राजदुवालीमा सडक सुरुङको फिजिबिलिटी अध्ययनका लागि पनि ७ वटा कम्पनी  प्राविधिक रुपमा सफल भएको भन्दै विभागले छनोट गरेको छ।

सडक विभाग अन्तर्गतको गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले दुई सडक सुरुङ निर्माण फिजिबिलिटी अध्ययनका लागि प्राविधिक रुपमा सफल कम्पनी छनोट गरेको हो। २ वटै सुरङ  निर्माणका लागि विभागले परामर्शदाता छनोटको काम पनि अगाडि बढाएको छ। सडक विभागले देशका विभिन्न सडकमा सहज आवागमनका लागि सुरुङ मार्ग निर्माणलाई तीब्रता दिएको छ। 

नेपालको पहिलो सडक सुरुङ मार्ग नागढुंगा नौबिसे सुरुङ मार्ग निर्माणाधीन अवस्थामा छ। उक्त सुरुङमार्गको भौतिक प्रगति करिब ४० प्रतिशत पुगेको छ। अन्य सडकको सुरुङ मार्ग निर्माणका लागि प्ररम्भिक तयारीकै काम भइरहेको छ।


प्रकाशित : बिहीबार , माघ १२ २०७९०२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend