बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

फ्रेन्च ब्रान्ड सिट्रोनको ई सीथ्री : रेन्ज र मूल्यले आकर्षित गर्न सक्छ उपभोक्ता

बिहीबार , माघ १२ २०७९
फ्रेन्च ब्रान्ड सिट्रोनको ई सीथ्री : रेन्ज र मूल्यले आकर्षित गर्न सक्छ उपभोक्ता

तर ई सीथ्रीमा आईसी इन्जिनको तुलनामा ग्राउन्ड क्लियरेन्स भने १० एमएम कम हुनेछ। आईसी इन्जिनयुक्त सीथ्रीमा १ सय ८० एमएम ग्राउन्ड क्लियरेन्स छ भने ई सीथ्रीमा १ सय ७० एमएममात्र ग्राउन्ड क्लियरेन्स हुनेछ।

काठमाडौं- फ्रेन्च कार ब्रान्ड सिट्रोनले भारतीय बजारलाईै लक्षित गरेन नयाँ विद्युतीय कार सार्वजनिक गरेको छ। उक्त विद्युतीय कार बारे भारत तथा नेपाली बजारमा चर्चा भइरहेको छ। भारतमा रहेका सवारी उत्पादकहरुले विद्युतीय कार उतपादनलाई प्राथमिकतामा राखेका छन्। 

सिट्रोनले सार्वजनिक गरेको ई सीथ्री विद्युतीय कार आईसी इन्जिनयुक्त सीथ्रीकै प्लेटफर्ममा बनेको हो। भारतमा टाटा मोटर्सले उत्पादन गरेको टियागो ईभीसँग प्रतिस्पर्धा गर्ने गरि सिट्रोन ई सीथ्री आएको भारतीय सञ्चार माध्यमहरुले लेखेको छन्। 

भारतमा बिक्री सुरु भएको टाटा टियागो ईभी र आगामी महिनादेखि बिक्री सुरु हुने सिटोन ई सीथ्री दुवै विद्युतीय कार नेपाली बजारमा आउने छन्। तर यी कार कतिले नेपाल आउँछन् भन्ने यकिन नभएपनि आगामी ३ महिनासम्ममा दुवै विद्युतीय कार आइसक्ने छन्। 

भारतमा ई सीथ्रीको बुकिङ तीन दिन अघिदेखि सुरु भएको छ। टियागो ईभी भने जनवरी २३ बाट उपभोक्तालाई हस्तान्तरण सुरु भइसकेको छ। ई सीथ्री फेब्रुअरीको अन्त्यसम्म शोरुमहरुमा पुग्ने अनुमान गरिएको छ। 

टिगोर ईभीमा जस्तै आईसी इन्जिनको तुलनामा ई सीथ्र्रीमा ठूलो परिवर्तन गरिएको छैन। इन्टेरियरमा भने केही फेरबदल हुने कम्पनीले जनाएको छ। तर ई सीथ्रीमा आईसी इन्जिनको तुलनामा ग्राउन्ड क्लियरेन्स भने १० एमएम कम हुनेछ। आईसी इन्जिनयुक्त सीथ्रीमा १ सय ८० एमएम ग्राउन्ड क्लियरेन्स छ भने ई सीथ्रीमा १ सय ७० एमएममात्र ग्राउन्ड क्लियरेन्स हुनेछ। ग्राउन्ड क्लियरेन्स कम हुनेको कारण ब्याट्री प्याकको एडजस्टमेन्ट भएको कम्पनीले जनाएको छ। 

ई सीथ्रीमा पनि आईसी इन्जिनमा जस्तै ३ सय १५ लिटरको बुट स्पेस हुनेछ। त्यस्तै ई सीथ्रीमा १०.२ इन्जिनको एप्पल कारप्लेर र एन्ड्रोइड अटोसहितको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध रहेको छ। 

सिट्रोन ई सीथ्रीमा २९.२ केडब्लूएचको ब्याट्री प्याक रहेको र यसमा ३.३ केडब्लूको एसी चार्जर आउने छ। ई सीथ्री १० बाट ८० प्रतिशत चार्ज हुने जम्मा ५७ मिनेट लाग्ने छ। यसका लागि डीसी चार्जर आवश्यक पर्नेछ। घरमा हुने चार्जरबाट ई सीथ्री १० बाट सय प्रतिशत पुग्न साढे १० घण्टा लाग्नेछ।

यो कारले एक पटकको फुल चार्जमा ३ सय २० किलोमिटर रेन्ज दिने दाबी सिट्रोनले गरेको छ। ई सीथ्रीमा भएको एउटा मोटरले ५७ एचपी पावर र १ सय ४३ एनएम टर्क दिनेछ। त्यस्तै यो कारले शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति ६.८ सेकेन्डमा तय गर्नेछ भने अधिकतम गति १ सय ७ किलोमिटर प्रतिघण्टा रहेको छ। 

सिट्रोन ई सीथ्रीको मूल्य भारतीय बजारमा १० लाख भारु हुने अनुमान गरिएको छ। टाटा टियागो ईभी र सिट्रोन ई सीथ्रीबीच मूल्यमा समेत प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। नेपाली बजारमा पनि यी दुई विद्युतीय कारबीच प्रतिस्पर्धा हुने देखिन्छ। 


प्रकाशित : बिहीबार , माघ १२ २०७९०८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend