शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

रक्षामन्त्रीद्वारा निर्माणाधीन काठमाडौं-तराई द्रुतमार्ग सडक आयोजनाको निरीक्षण 

images
बुधबार, माघ ११ २०७९
images
रक्षामन्त्रीद्वारा निर्माणाधीन काठमाडौं-तराई द्रुतमार्ग सडक आयोजनाको निरीक्षण 

निरीक्षणका क्रममा रक्षामन्त्री उप्रेतीले जटिल भू-बनोटमा समेत आधुनिक उपकरणहरुको प्रयोग गरी भइरहेका कार्यहरुको प्रशंसा गरेका थिए।

images
images

काठमाडौं- रक्षामन्त्री हरिप्रसाद उप्रेती र प्रधान सेनापति प्रभुराम शर्माले बुधबार निर्माणाधीन काठमाडौं-तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरुको स्थलगत निरीक्षण गरेका छन्।  

images
images
images

निरीक्षण भ्रमणको दौरान उनहरुले आयोजनाको हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुका साथै महादेवटार सुरुङ मार्गको इनलेट, लेनडाँडा सुरुङ मार्गको आउटलेट तथा उक्त आयोजना अन्तर्गत निर्माणाधीन सडक तथा पुलहरुको निरीक्षण गरेका थिए। 

images
images

निरीक्षणका क्रममा रक्षामन्त्री उप्रेतीले जटिल भू-बनोटमा समेत आधुनिक उपकरणहरुको प्रयोग गरी भइरहेका कार्यहरुको प्रशंसा गरेका थिए। साथै उनले उक्त कार्यलाई थप द्रुतगतिमा सञ्चालन गर्न रक्षा मन्त्रालयको तर्फबाट आवश्यक समन्वय एवं सहजीकरण गरिने उल्लेख गरे। त्यस्तै उनले उच्च हौसला एवं मनोबलका साथ प्रविधिको अधिकतम प्रयोग गर्दै आयोजना छिटो सम्पन्न गर्न निर्देशन समेत दिए। 

images
images

भ्रमणदलमा रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका रथीहरु, रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीलगायत द्रुतमार्ग आयोजनाका पदाधिकारीहरुको सहभागिता रहेको थियो। 


प्रकाशित : बुधबार, माघ ११ २०७९१२:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend