बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सोलारबाटै चल्ने आकर्षक विद्युतीय कार जसले दिन्छ ६ सय किमि रेन्ज

बुधबार, माघ ११ २०७९
सोलारबाटै चल्ने आकर्षक विद्युतीय कार जसले दिन्छ ६ सय किमि रेन्ज

तीन वटा विद्युतीय मोटर भएको यो कारमा अल ह्वील ड्राइभ अप्समा उपलब्ध छ।

काठमाडौं- एक अमेरिकी स्टार्टअप कम्पनीले नयाँ विद्युतीय कार सार्वजनिक गरेको छ। कम्पनीले ल्याएको विद्युतीय कार सानो र आकर्षक छ। उक्त विद्युतीय कार पूर्णतः सोलारबाट चल्ने छ। 

अमेरिकी स्टार्टअप कम्पनी अप्टेराले दुई सिट क्षमताको सोलार ईभी सार्वजनिक गरेको हो। यो सोलार विद्युतीय कार २०२३ कै अन्त्यसम्ममा बजारमा उपलब्ध हुने दाबी कम्पनीले गरेको छ। यो कार तीन पांग्रे हुनेछ। 

सोना आकारको तीन पांग्रे विद्युतीय कार भएकाले यसको रेन्ज बारे धेरैको चासो हुनसक्छ। यो कार एक पटकको फुल चार्जमा ६ सय ४३ किलोमिटरसम्म कुद्ने दाबी कम्पनीले गरेको छ। 

यो कार पूर्णसोलार उर्जाबाटमात्र ६४ किलोमिटरभन्दा बढी कुद्नेछ। कारको छत लगायत स्थानमा राखिएको सोलार प्यानलबाट ब्याट्री चार्ज हुने प्रणालीबाट कारमा रहेको ब्याट्री चार्ज हुने व्यवस्था मिलाइएको छ। कारको छतमा रहेको सोलार प्यालनबाट एकीकृत प्यानल हुँदै चार्ज ब्याट्री चार्ज हुनेछ। 

भिन्न डिजाइन कन्सेप्टमा बनेका यो विद्युतीय कार अधिकतम् गति १ सय ६५.५ किलोमिटर प्रतिघण्टा रहेको छ। यो कारले शून्यदृेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ४ सेकेन्डमै तय गर्न सक्छ।

aptera ev car.PNG

 

तीन वटा विद्युतीय मोटर भएको यो कारमा अल ह्वील ड्राइभ अप्समा उपलब्ध छ। ६.६ केडब्लू चार्जको सहायताले यो ईभी ५७ मिनेट चार्ज गर्दा ९० किलोटरसम्म रेन्ज दिनेछ। यो कार टेस्ला चार्जिङ पोर्टस सपोर्ट गर्नेगरि आउने छ। 

यो विद्युतीय कारमा ७ ससय वाट सोलार जेनेरेसन टेक्नोलोजीसहित आउने छ। यो कारको डिजाइन यसरी गरिएको छ कि जसमा जुन सुकै साइडबाट घाम परेपनि सोलार प्यानलमा घाम पर्नेछ। त्यसैले यो कार वर्षमा सामान्यतया ३ पटकमात्र चार्ज गरे हुने दाबी उत्पादकले गरेको छ। 

अप्टेरा मोटर्सले यो कारमा ९ सय २० लिटरको बुट स्पेस भएको दाबी गरेको छ। यो कार उपभोक्तालाई हस्तान्तरण गर्ने गरि बजारमा ल्याउन कम्पनीले प्राप्त गर्ने लगानीमा निर्भर हुने कम्पनीका सह संस्थापक तथा सह सीईओ क्रिस एन्थोनीले बताएका छन्। तथापी २०२३ को अन्त्यसम्ममा बजारमा ल्याउने विश्वास कम्पनीको छ। 


प्रकाशित : बुधबार, माघ ११ २०७९०६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend