सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

कालीगण्डकी करिडोरको बेनी-गलेश्वर खण्डको काम सुरु

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १० २०७९
कालीगण्डकी करिडोरको बेनी-गलेश्वर खण्डको काम सुरु

सडकखण्डमा कालोपत्रेका लागि १२ करोड ७५ लाख ९४ हजार ४३६ मा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ। गत पुस १७ मा भएको ठेक्का सम्झौताको काम २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

म्याग्दी- उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत बेनी-गलेश्वर सडक कालोपत्रको काम सुरु भएको छ। 

करिडोरको बेनी-जोमसोम-कोरला सडक योजनाभित्र पर्ने म्याग्दीको सदरमुकाम बेनीदेखि प्रवित्र धार्मिकस्थल गलेश्वरसम्मको सडक कालोपत्रसहित स्तरोन्नतिका लागि ठेक्का लिएको जय धन्नजय/मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालि कार्यक्षेत्रमा परिचालन भएको हो। 

सडकखण्डमा कालोपत्रेका लागि १२ करोड ७५ लाख ९४ हजार ४३६ मा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ। गत पुस १७ मा भएको ठेक्का सम्झौताको काम २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले निर्धारित समयभित्रै कामसक्ने योजनासहित दुईवटा र आवश्यक जनशक्ति कार्यक्षेत्रमा परिचालन गरिएको बताए। 

सडक निर्माणमा आयोजना र स्थानीय वडा र पालिकामार्फत् र समुदायबाट रचनात्मक साथ दिएर उपयुक्त वातावरण तयार भए तोकिएको समय अगावै कामसक्ने उनको भनाइ छ। 

यसै सातादेखि निर्माण सुरु गरेको कम्पनीले जलेश्वरमा सडकको पर्खाल निर्माणको काम अघि बढाएको छ। सडकलाई फराकिलो बनाउने, खोलाखोल्सामा कल्भर्ट निर्माण गर्ने, आरसिसी पर्खाल निर्माण गरी नाली तयार गरेर बेससहित आठ मिटर चौडाइ कालोपत्र गरिने भएको छ।

सडक स्तरोन्नतिमा सम्झौता अनुसारको काम गुणस्तरीय र समयमै कालोपत्र काम सम्पन्न गराउनका लागि आयोजनाले प्रभावकारी रुपमा अनुगमन, निरीक्षण र समन्वय गर्ने बेनी-जोमसोम-कोरला सडक योजनाका प्रमुख जगत प्रजापतिले बताए।

सडक स्तरोन्नति समयमै सम्पन्न भएमा बेनी नगरपालिकासहित रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका र मुस्ताङवासी  घुम्न आउने पर्यटकलाई राहत पुग्नेछ। रासस


प्रकाशित : मंगलबार, माघ १० २०७९०९:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend