बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नयाँ हुन्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक 

मंगलबार, माघ १० २०७९
नयाँ हुन्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक 

नयाँ भेन्यू १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो इन्जिनले पावर गरिएको नयाँ हुन्डाई भेन्यूमा पाँच स्पीड म्यानुअल तथा सात स्पीड डीसीएलमा उपलब्ध छ।

काठमाडौं- नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ भेन्यू सावैजनिक गरेको छ। ‘न्यू स्टाइल न्यू सेगमेन्ट’ नाराका साथ नेपाली बजारमा नयाँ हुन्डाई भेन्यू सार्वजनिक गरेको हो।

आफ्नो पहिलेको हुन्डाई भेन्यूको मोडल मार्फत नेपालभरका ग्राहकहरूको ध्यान तान्न सफल रहेको भेन्यूको नयाँ र परिष्कृत मोडलले कम्प्याक्ट एसयूभीको प्रतिस्पर्धी बजारमा नयाँ आयाम स्थापित गर्ने विश्वास लिइएको छ। नयाँ भेन्यूले यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रूपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको छ।  

समयसापेक्ष प्रस्तुति र अत्याधुनिक विशेषताहरू सहित तयार गरिएको हुन्डाई भेन्यूले सबैको मन जित्नेमा कम्पनी विश्वस्त रहेको छ। यो सेगमेन्टमै पहिलो पटक गाडीको पछिल्लो भागमा विस्तारित कनेक्टिङ एलईडी टेल ल्याम्पले नयाँ भेन्यूलाई विशिष्ट स्वरूप दिएको छ। 

नयाँ भेन्यू १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो इन्जिनले पावर गरिएको नयाँ हुन्डाई भेन्यूमा पाँच स्पीड म्यानुअल तथा सात स्पीड डीसीएलमा उपलब्ध छ। १ सय ९५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो कारको ड्राइभिङ अनुभव उत्कृष्ट हुने कम्पनीले जनाएको छ। 

ई, एस र एसएक्स गरी तीनवटा भेरियन्टमा उपलब्ध रहेको नयाँ हुन्डाई भेन्यूको सुरुवाती मूल्य ३९ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ। नेपाल सरकारले आयात प्रतिबन्ध खुकुलो पारेपछि नेपाली बजारमा लन्च भएको पहिलो गाडीहरू मध्ये एक रहेको हुन्डाई भेन्यूले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ आशा र उत्साहको सञ्चार गर्ने विश्वास गरिएको छ।      

हुन्डाई भेन्यूमा उत्कृष्ट ग्राहक सेवा र आफ्टर सेल्स सर्भिस पाइन्छ। कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ।


प्रकाशित : मंगलबार, माघ १० २०७९०५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend