बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

टाटाको ह्यारियर ईभी अर्को वर्ष बजारमा आउने

सोमबार, माघ ९ २०७९
टाटाको ह्यारियर ईभी अर्को वर्ष बजारमा आउने

ह्यारियर ईभी दुई मोटर अप्सनमा आउने टाटाले बताइसकेको छ। यो कार टाटाको पहिलो विद्युतीय डुअल मोटरसहित आउने छ।

काठमाडौं- टाटा मोटर्सले अघिल्लो साता भारतको ग्रेटर नोयडामा भएको अटो एक्सपो २०२३ मा चार वटा विद्युतीय कारको कन्सेप्ट सार्वजनिक गरेको थियो। त्यसमध्ये ह्यारियर ईभी आगामी वर्षबाट उत्पादन गर्ने भएको छ। 

टाटा मोटर्सले उत्पादनको तयारी अवस्थामै जस्तो देखिने गरि कर्भ, सियरा र ह्यारियर ईभी प्रदर्शनीमा राखेको थियो। त्यस मध्ये अभेन्या भने पूर्णकन्सेप्ट कारकै रुपमा राखिएको थियो। टाटाले कर्भ कुपे एसयूभी र विद्युतीय भर्सनको ह्यारियर एसयूभी भने आगामी वर्ष उत्पादन गरि बिक्रीका लागि ल्याउने छ। 

५ सिट क्षमताको ह्यारियर ईभ ओएमईजीएको परिवर्तित भर्सनमा आउनेछ। यो कारमा सेकेन्ड जेनेरेसनको आर्किटेक्चर प्लेटफर्ममा बन्ने छ। टाटाको ह्यारियर एसयूभी आईसी इन्जिनमा अहिले पनि बिक्री गइरहेको छ। ह्यारियर ईभीमा आईसीको तुलनामा इन्टेरियरमा केही परिवर्तन गरिएको छ। 

ह्यारियर ईभी दुई मोटर अप्सनमा आउने टाटाले बताइसकेको छ। यो कार टाटाको पहिलो विद्युतीय डुअल मोटरसहित आउने छ। टाटाले आईसी इन्जिनयुक्त ह्यारियरको तुलनामा ह्यारियर ईभीमा निक्कै परिमार्जन गरेर आकर्षक बनाएको छ। 

टाटा मोटर्सले ह्यारियर ईभीको प्रविधिक विषयमा भने केही सार्वजनिक गरेको छैन। तथापी ह्यारियर ईभी एक पटकको फुल चार्ज गर्दा ५ सय किलोमिटरभन्दा बढी रेन्ज दिनेगरि आउने धेरैको अनुमान छ। ह्यारियर ईभी नेक्सन ईभी म्याक्सभन्दा बढी रेन्जमा आउने कुरा भने टाटाले बताएको छ। 

WhatsApp Image 2023-01-13 at 00.19.57.jpeg

भारतमा ह्यारियर नाममा बिक्री भइरहेको यो एसयूभी नेपाली बजारमा भने एचफाइभ नाममा बिक्री हुँदै आएको छ। टाटाले ल्याउने नयाँ विद्युतीय कार ह्यारियर ईभी नेपाली बजारमा पनि आउने नै छ। ह्यारियरका साथै टाटाले कर्भ एसयूभी ईभी र आईसी दुवै प्लेटफर्ममा बनाउने घोषणा गरिसकेको छ। 

टाटाको विद्युतीय कार नेक्सन ईभी र टिगोर ईभी नेपाली बजारमा पनि बिक्री हुँदै आएको छ। नेक्सन ईभी नेपालमा सर्वाधिक बिक्री हुने विद्युतीय एसयूभी बनेको छ। त्यस्तै भारतमा यही महिनाबाट बिक्री सुरु भएको टियागो ईभी पनि नेपाल ल्याउने तयारी भइरहेको छ। 

टियागो ईभी निक्कै सस्तो मूल्यमा बजारमा आएको विद्युतीय कार हो। यो विद्युतीय कार किन्नका लागि धेरै उपभोक्ताहरु पर्खाइमा छन्। टियागो ईभी आगामी महिना नेपाली बजारमा आउने अनुमान गरिएको छ। भारतमा सार्वजनिक भएका विद्युतीय कार नेपाली बजारमा समेत आउँदै जाने छन्।  


प्रकाशित : सोमबार, माघ ९ २०७९०७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend