शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

सुर्खेतमा रत्‍न प्रशोधन केन्द्र खोल्दै खानी विभाग 

images
सोमबार, माघ ९ २०७९
images
सुर्खेतमा रत्‍न प्रशोधन केन्द्र खोल्दै खानी विभाग 

सुर्खेतमा यसअघि नै रहेको विभागको कार्यालय परिसरमै यस्तो केन्द्र स्थापना हुनेछ। उपकरण खरिद गरेर जडान भएपछि त्यहाँबाट खानी सञ्चालकहरूले सेवा लिनसक्ने छन्। 

images
images

काठमाडौं- खानी तथा भूगर्भ विभागले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रत्‍न प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ। बहुमूल्य रत्‍न पाइने जिल्लाहरूको केन्द्र भएकाले सुर्खेतमा यस्तो केन्द्र स्थापनाका लागि विभागले काम अघि बढाएको हो। 

images
images
images

बजेटमै घोषणा भएको कार्यक्रमअनुसार विभागले प्रशोधन केन्द्र स्थापनाका लागि उपकरण खरिदको प्रक्रिया अघि बढाएको छ। 

images
images

बजेटमा व्यापारिक लाभका पत्थर पाइने क्षेत्रमा यस्ता केन्द्र स्थापना गर्ने घोषणा गरिएको थियो। सोहीअनुसार विभागले काम अघि बढाएको प्रवक्ता नारायण बाँस्कोटाले जानकारी दिए। 

images
images

सुर्खेतमा यसअघि नै रहेको विभागको कार्यालय परिसरमै यस्तो केन्द्र स्थापना हुनेछ। उपकरण खरिद गरेर जडान भएपछि त्यहाँबाट खानी सञ्चालकहरूले सेवा लिनसक्ने छन्। 

नेपालमा पाइने पत्थरहरू प्रशोधन नगरि विदेश निर्यात नहुँदा मूल्य नपाइने भएको भन्दै सरकारले यही प्रशोधन गरेरमात्र निर्यात गर्नुपर्ने नीति लिएको छ। विस २०७१ सालदेखि नै प्रशोधन नगरिएको पत्थर निर्यातमा कडाइ गरेपनि अहिलेसम्म प्रशोधनका लागि आवश्यक पूर्वाधार विकास हुन सकेको छैन। 

यही अवस्थामा विभागले सुर्खेतमा केन्द्र स्थापना गर्न उपकरण खरिदको प्रक्रिया अघि बढाएको छ। उपकरण आएपछि सुर्खेतमा रहेको विभागको कार्यालयमै रहने छ। त्यहाँ विभागका प्राविधिक कर्मचारी हुनेछन्। उनीहरूले खानी सञ्चालक तथा पत्थर प्रशोधन गर्न चाहनेहरूलाई सीप सिकाउनेछन्। 

तत्कालका लागि खानी सञ्चालकहरूलाई तालिम दिने भनिए पनि भविष्यमा बजारको माग र सुविधाअनुसार व्यावसायिक प्रशोधन गर्न सकिने छ। 

कर्णाली प्रदेशका जिल्लामा पत्थर उत्खननका लागि लाइसेन्स लिनेहरूको संख्या धेरै रहेको छ। त्यही कारणले विभागले सुर्खेतमा प्रशोधन केन्द्र स्थापनाको काम अघि बढाएको बाँस्कोटाले जानकारी दिए। 

'यस्ता पत्थरको निर्यात हुने ठूलो नाका नेपालगञ्ज हो। त्यही भएर हामीले सुर्खेतमा केन्द्र स्थापनाको काम अघि बढाएका छौँ' उनले भने। 


प्रकाशित : सोमबार, माघ ९ २०७९०५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend