मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक १ २०७८
रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन

ललितपुरको मेडिसिटी अस्पतालनमा उपचारको क्रममा उनको निधन भएको हो। 

काठमाडौं- नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएको छ ।

कोरोना भाइरसको संक्रमण भएपछि एक हप्ताअघि अस्पताल भर्ना भएका महर्जनको ५६ वर्षको उमेरमा निधन भएको हो। 

ललितपुरको मेडिसिटी अस्पतालनमा उपचारको क्रममा उनको निधन भएको हो। 

महर्जनका श्रीमती, एक छोरा र दुई छोरी छन्। पछिल्लो समय राजनीतिमा पनि सक्रिय महर्जन २०७४ को  स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरको मेयरमा उठेका थिए।  विवेकशील साझा पार्टीकासँग उनी आवद्ध थिए। 

 


प्रकाशित : सोमबार, कात्तिक १ २०७८१३:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend