शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

पोखरा जहाज दुर्घटना : अत्यधिक जलेका कारण शव पहिचान गर्न समस्या

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ ८ २०७९
images
पोखरा जहाज दुर्घटना : अत्यधिक जलेका कारण शव पहिचान गर्न समस्या

फरेन्सिक जाँचका लागि काठमाडौं ४८ शव ल्याइएको थियो। यस्तै पोखरामा २२ जना फरेन्सिक जाँच गरिएको छ।

images
images

काठमाडौं- पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ। काठमाडौं ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले जानकारी दिए। 

images
images
images

उनका अनुसार ती शव अत्यधिक जलेको हुनाले फरेन्सिक विधिबाट शव पहिचान हुन समस्या भएको हो। 'ती शव अत्यधिक रुपमा जलेको हुनाले हामीलाई फरेन्सिक विधिबाट शव पहिचान गर्न समस्या भएको छ', उनले भने, 'आज साँझसम्म पनि हामी शव पहिचान गर्ने कोसिस गर्दछौँ।'

images
images

उनका अनुसार फरेन्सिक विधिबाट शव पहिचान गर्न नसकेमा ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने छ। नेपाल प्रहरीको प्रयोगशालामा ती शवको डिएनए परीक्षण गरिने विभागका प्रमुख डा चौधरीले बताए। डिएनए परीक्षणबाट शव पहिचान गर्नका लागि कम्तीमा २२ दिन लाग्ने उनले जानकारी दिए। 

images
images

फरेन्सिक जाँचका लागि काठमाडौं ४८ शव ल्याइएको थियो। यस्तै पोखरामा २२ जना फरेन्सिक जाँच गरिएको छ। यही माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना भएको थियो। दुर्घटनामा चार चालक दलका सदस्यसहित ७२ जनाको निधन भएको थियो। रासस


प्रकाशित : आइतबार, माघ ८ २०७९०७:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend