बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सीजी मोटर्सले निटा भीका ग्राहकलाई फ्री होम र अनसाइट सर्भिस दिने

बिहीबार , माघ ५ २०७९
सीजी मोटर्सले निटा भीका ग्राहकलाई फ्री होम र अनसाइट सर्भिस दिने

साथै यसमा ७० किलोवाट क्षमताको मोटर जडान भएको छ। सीजी मोटर्सले यसको ब्याट्री र मोटरमा ८ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ।

काठमाडौं- थोरै समयमै लोकप्रिय बन्न सफल होजोन मोटर्सको निटा भीले विश्वभरी चर्चा पाएको  बेला नेपालका लागि आधीकारीक बिक्रेता सीजी मोटर्सले ग्राहक लक्षित नेपालमै पहिलो पटक फ्री होम साथै अन साइट सर्भिस सुविधा सुरु गरेको छ। 

कम्पनीका अनुसार हाल सम्म १५० भन्दा धेरै गाडी नेपाली बजारमा बिक्री भइसकेको र ग्रहाकहरुको सुविधलाई ध्यानमा राखी फ्री होम साथै अन साइट सर्भिसलाई सुरु गरेको जानकारी दिइेएको छ।

सर्भिस हट्लाइन नम्बर १६६००१११२६९ तथा डाइरेक्ट सम्पर्क गरेको २ घण्टा भित्र सर्भिसटिम साइटमा पुगेर सुविधा दिने उल्लेख गरिएको छ। चाडै नै नेपालको भिविन्न ४ ठाउँबाट थप ३ एस सुविधा दिने कम्पनीले जनाएको छ।

क्रसओभर डिजाइन निकै प्रिमियम सिट,आकर्षक अलोय ह्वील, टु स्पोक स्पोर्टी स्टेरिङ ह्वील, यूनिक तरिकाले प्लेस गरिएको ड्राइभर इन्फर्मेशन डिस्प्ले, निकै ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, यूनिक स्थानमा दिइएको गियर नव र पार्किङ ब्रेक निटा भीको नयाँ पक्ष हो। निटा भीमा ३८.५४ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ।

साथै यसमा ७० किलोवाट क्षमताको मोटर जडान भएको छ। सीजी मोटर्सले यसको ब्याट्री र मोटरमा ८ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ। निटा भीमा विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘क्याटल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ।

हरेक गाडी किन्ने ग्राहकलाई ६.६ किलोवाट क्षमताको चार्जर उपलब्ध गराउने जनाएको छ। निटा भी मा फ्रन्ट तथा रेयर दुवैतर्फ डिस ब्रेक छ। एक पटक फुल चार्जमा ३८० प्लस को रेन्ज निटा भीमा पाउन सकिन्छ।

विद्युतीय कार चढ्न चाहनेका लागि क्रसओभर सेगमेन्टको भएकाले निटा भी धेरैको रोजाइमा परेको छ।


प्रकाशित : बिहीबार , माघ ५ २०७९१२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend