शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

झापामा आलु खेतीको क्षेत्रफल बढ्यो

images
बिहीबार , माघ ५ २०७९
images
झापामा आलु खेतीको क्षेत्रफल बढ्यो
फाइल तस्बिर।

जिल्लामा कार्डिनल, जनकदेव, कुफ्रीलगायत जातका आलुखेती बढी हुने गरेको उनको भनाइ छ। क्षेत्रफलसँगै यसवर्ष आलु उत्पादन बढ्ने प्रारम्भिक अनुमान छ।

images
images

बनियानी- झापामा यसवर्ष आलु खेतीको क्षेत्रफल बढेको छ। जिल्लामा गत वर्षको तुलनामा यसवर्ष आलु खेतीको क्षेत्रफल २०५ हेक्टर बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए। 

images
images
images

गतवर्ष जिल्लामा १५ हजार सात सय ८० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकामा यसवर्ष १५ हजार नौ सय ८५ हेक्टरमा सो खेती गरिएको छ। गतवर्ष जिल्लामा दुई लाख ५७ हजार दुई सय २४ टन आलु उत्पादन भएको थियो। 
जिल्लामा कार्डिनल, जनकदेव, कुफ्रीलगायत जातका आलुखेती बढी हुने गरेको उनको भनाइ छ। क्षेत्रफलसँगै यसवर्ष आलु उत्पादन बढ्ने प्रारम्भिक अनुमान छ। जिल्लाका स्थानीय तहले आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेकाले आलु खेती विस्तार हुँदै गएको हो। 

images
images

जिल्लाको बुद्धशान्ति , कमल , गौरीगञ्ज गाउँपालिका सहित अर्जुनधारा र बिर्तामोड नगरपालिकालगायतका पालिकाले आलु खेतीका लागि प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेका छन्। बिर्तामोडले विगत तीन वर्षयता आलु खेतीलाई प्रवद्र्धन गर्दै आएको छ। किसानलाई आलुको बीउ, आवश्यक औषधि, परामर्श प्रदान गरिँदै आएको बिर्तामोड नगरपालिकाका कृषि शाखाका प्रमुख राजेन्द्र कडरियाले बताए।  

images
images

नगरपालिका र किसानको आधा-आधा लागत सहभागितामा यसवर्ष ३८ टन आलुको बीउ वितरण गरिएको प्रमुख कडरियाले जानकारी दिए। प्रतिकठ्ठा ३० केजीका दरले ३३ वटा समूहलाई आलुको बीउ वितरण गरिएको उनले बताए। बिर्तामोड-६, ७, ८, ९, १० र २ नम्बर वडाका किसानलाई आलुको बीउसँगै दुई पटक रोप्ने बेलामा र उम्रिसकेपछि आवश्यक औषधिसमेत प्रदान गरिएको छ।

किसानलाई लालगुलाब, कार्डिनल र एमएस जातका आलुको बीउ वितरण गरिएको छ। आलु खेती प्रवद्र्धन गरिएको पहिलो वर्ष प्रतिकठ्ठा १३-१४ मन, दोस्रो वर्ष ८-९ आलु उत्पादन नभएको थियो। यसवर्ष मौसम राम्रो हुनुका साथै रोगकीरा नदेखिएकाले १०-१२ मन प्रतिकठ्ठा आलु उत्पादन हुने आंकलन गरिएको कृषि शाखा प्रमुख कडरियाले बताए। 

जिल्लामा आलु प्रबद्र्धन कार्यक्रम सञ्चालन भइरहे पनि आलु आयात बढेको छ। पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको हालसम्म एक करोड ३४ लाख ५५ हजार चार सय ५५ केजी आलु आयात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना प्रविधि शाखाका कर्मचारी अरुण शाहले जानकारी दिए। काँकरभिट्टा नाकाबाट गतवर्ष एक करोड २१ लाख ६४ हजार २२ केजी आलु आयात भएको थियो। गत वर्षको तुलनामा १२ लाख ९१ हजार चार सय ३३ केजी आलु बढी आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ।

काँकरभिट्टा नाकाबाट भारत, बंगलादेश र भुटानबाट आलु आयात हुने गरेको छ। जसमध्ये भारतबाट सबैभन्दा बढी आलु आयत हुने गरेको छ। स्थानीय उत्पादनले नपुग्ने र पहाडमा पनि मौसमी रुपमा आलु खेती हुने गरेको आलुको आयत बढेको  केन्द्रका प्रमुख विष्टको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , माघ ५ २०७९०८:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend