शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्न माग

images
बिहीबार , माघ ५ २०७९
images
अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्न माग

व्यवसायीले २० वर्षे पुराना सवारी साधनलाई यान्त्रिक परीक्षण गर्नुपर्ने, सवारीको अवस्था हेरेर मात्रै सञ्चालन गर्न दिनुपर्ने मागसमेत गरेको महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले जानकारी दिए। 

images
images

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरोकारवाला निकायको सहभागीतासहित अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्न सरकारसँग माग  गरेको छ।

images
images
images

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा महासंघका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वको टोलीले आज भेट गरेर नेपालको यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन प्राधिकरण गठन गर्न आग्रह गरेको हो।

images
images

व्यवसायीले २० वर्षे पुराना सवारी साधनलाई यान्त्रिक परीक्षण गर्नुपर्ने, सवारीको अवस्था हेरेर मात्रै सञ्चालन गर्न दिनुपर्ने मागसमेत गरेको महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले जानकारी दिए। 

images
images

भेटमा प्रधानमन्त्री दाहालले मुलुकको यातायात क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले साझा कार्यक्रमका रुपमा लिएकाले यातायात व्यवसायीले राखेका माग चाँडो पूरा हुने जानकारी दिए। 

उनले यातायात क्षेत्रको समस्याको समाधानका लागि प्रयासरत रहेको जनाउँदै समस्याको चाँडो निकास हुने बताए।  

महासंघले यसअघि देशको समग्र यातायात क्षेत्रको समस्यालाई लिएर उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेललगायतलाई भेट गरिसकेको महासचिव सिटौलाले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , माघ ५ २०७९०८:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend