काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना, त्यसपछिको उद्धार र घटनाक्रमबारे प्रतिनिधिसभालाई जानकारी दिएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उक्त घटनाबारे जानकारी माग गरेपछि मन्त्री किरातीले सदनलाई जाकारी दिएका हुन् ।
मन्त्री किरातीले घटना भएको दिन माघ १ गतेदेखि ४ गतेसम्म सरकारले गरेका कामहरुको जानकारी गराएका थिए। उनले सरकारले उक्त घटनाबारे अनुसन्धान गर्न जाँचबुझ समिति बनाएको जानकारी दिए।
यस्तै उनले अझै एक बालकको शव फेला नपरेकोले खोजी कार्य तीब्र पारिएको बताए। उनले भने, ‘सरकारले घटनाबारे सूचना संकलन, उद्धार र वेपत्ताको खोजी कार्य तीब्र पारिरहेको छ।’