शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

वाणिज्य नीति संशोधन गर्ने उद्योगमन्त्री भण्डारीको पहिलो निर्णय

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ३ २०७९
images
वाणिज्य नीति संशोधन गर्ने उद्योगमन्त्री भण्डारीको पहिलो निर्णय

सरकारले ल्याएको २१ बुँदे साझा कार्यक्रममा समेटिएका विषयलाई पूरा गर्न मन्त्रालय केन्द्रित हुने उनको भनाइ छ। यसका लागि रुग्ण उद्योगको पुनस्र्थापना र साना तथा मझौला उद्योगको प्रवर्द्धन ध्यान दिइने उनले बताए।

images
images

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्नेसम्बन्धी पहिलो निर्णय गरेका छन्। मंगलबार मात्रै मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री भण्डारीले कार्यभार सम्हाल्दै उक्त निर्णयमा हस्ताक्षर गरेका हुन्। उनले पुस १० मा विनाविभागीय मन्त्रीको शपथ लिएका थिए।

images
images
images

पदभार ग्रहणपछि मन्त्री भण्डारीले विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई स्वदेशमा श्रम गर्ने वातावरण बनाउने गरी उद्योगहरुको विकास गर्न आफूले काम गर्ने बताए। यसका लागि अहिले भएका नीतिगत समस्यालाई छिट्टै किनारा लगाउने प्रतिबद्धता उनले व्यक्त गरे।

images
images

सरकारले ल्याएको २१ बुँदे साझा कार्यक्रममा समेटिएका विषयलाई पूरा गर्न मन्त्रालय केन्द्रित हुने उनको भनाइ छ। यसका लागि रुग्ण उद्योगको पुनस्र्थापना र साना तथा मझौला उद्योगको प्रवर्द्धन ध्यान दिइने उनले बताए। आफ्नो कार्यकालमा धेरै बोल्नेभन्दा पनि नतिजा निकाल्ने गरी काम गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे। 

images
images

आजको पहिलो निर्णयसँगै उक्त नीतिको मस्यौदा अब प्रदेश सरकारका सम्बद्व मन्त्रालयहरुमा सुझावका लागि पठाइनेछ। प्रदेशहरुबाट प्राप्त सुझावलाई समेटेपछि नीतिले अन्तिम रुप दिइने मन्त्रालयले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, माघ ३ २०७९११:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend