शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

सञ्चारमन्त्रीको पहिलाे निर्णय - देशभर सञ्चार सेवा सहज बनाइने

images
मंगलबार, माघ ३ २०७९
images
सञ्चारमन्त्रीको पहिलाे निर्णय - देशभर सञ्चार सेवा सहज बनाइने

'देशको अर्थतन्त्रले धान्न सक्ने गरी सूचना प्रविधिको क्षेत्रमा अधिकतम विकास गर्नुपर्छ। यसमा सम्भावना र चुनौती दुवै छ।'

images
images

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशैभरको सञ्चार सेवा सहज बनाउने गरी आफूले काम गर्ने बताएको छिन्। सूचना प्रविधिको सहज पहुँच हरेक नागरिकसम्म हुनुपर्ने भन्दै उनले समृद्धिमा बढ्न पनि त्यसको भूमिका महत्वपूर्ण हुने बताइन्। 

images
images
images

'हातमा पहुँच त हुने तर आज भएको जस्तो राम्ररी कुरा हुन नसक्ने भएर भएन। हरेक नागरिकको पहुँचमा प्रविधि पुग्न सक्नुपर्छ। सूचना प्रविधि सबै हाम्रो पहुँचमा भयो भने देशले लिएको समृद्धिको लक्ष्य हासिल गर्न सहज हुन्छ', मंगलबार कार्यभार सम्हाल्दै उनले भनिन्, 'देशको अर्थतन्त्रले धान्न सक्ने गरी सूचना प्रविधिको क्षेत्रमा अधिकतम विकास गर्नुपर्छ। यसमा सम्भावना र चुनौती दुवै छ।'

images
images

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएसँगै मन्त्री शर्मा सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हालेकी हुन्। 

images
images

नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य शर्माले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका महासचिव शङ्कर पोख्रेललाई पराजित गर्दै विजयी भएकी हुन्।

विसं २०७० र २०७४ मा प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित भएकी उनी २०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन्। 


प्रकाशित : मंगलबार, माघ ३ २०७९०८:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend