शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

बगरमै बस्ती बसाल्दै तालगाउँवासी

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ३ २०७९
images
बगरमै बस्ती बसाल्दै तालगाउँवासी

'बालुवामा चाहे जस्तो तटबन्धन गर्न नसकिने इन्जिनियरको सल्लाह आएको थियो, स्थानीयहरु अन्यत्र जान चाहेनन्, अवस्थामा अहिले गरिएको तटबन्धले गाउँबस्ती बस्न थालेको हो'

images
images

मनाङ- विसं २०७८ असार १ मा मर्याङ्दी नदीमा आएको बाढीले मनाङको नासोँ गाउँपालिका-१ तालगाउँ बगर बन्यो। करिब डेढ वर्षपछि यही बगरमा तालगाउँमा अहिले बस्ती बस्दैछ।

images
images
images

सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोग तथा समन्वयमा नदीको जोखिम न्यूनीकरण भएपछि यस क्षेत्रमा बस्ती बस्न थालेको छ। जोखिम रहेको नदी किनारमा तटबन्धन गरिएपछि तालगाउँका स्थानीयले बस्ती बसाल्न थालेको नासों गाउँपालिका-१ का वडा अध्यक्ष मीनरासी गुरुङले बताए।

images
images

तालगाउँवासीलाई स्थानान्तरण गर्न सरकारले पहल गरे पनि स्थानीय अन्यत्र जान नमान्दा यसै क्षेत्रमा बस्ती बसाल्ने वातावरण बनाएको उनले बताए। 'केही स्थानीय विस्थापित भए पनि अधिकांश स्थानीय यही बस्न चाहे, उनीहरूको चाहना विपरीत सरकारले पनि स्थानान्तरण गर्न चाहेन, सोहीअनुरुप सरकारले तालगाउँलाई सुरक्षित बनाउन तटबन्धन गर्‍यो', वडा अध्यक्ष गुरुङले भने, 'अहिले बस्ती बसाल्दै छन् स्थानीयवासी।'

images
images

'बालुवामा चाहे जस्तो तटबन्धन गर्न नसकिने इन्जिनियरको सल्लाह आएको थियो, स्थानीयहरू अन्यत्र जान चाहेनन्, अवस्थामा अहिले गरिएको तटबन्धले गाउँबस्ती बस्न थालेको हो', उनले भने। नदी किनारमा तटबन्धन बनेपछि सुरक्षित महसुस गरेको उनले बताए। 

बाढीपछि पूर्ण र आंशिक क्षति भनेर वर्गीकरण गरेको थियो। पूर्ण क्षति भएका परिवारलाई आवास निर्माणका लागि सरकारले सहयोग गरेको थियो। आंशिक क्षति भएका परिवारलाई सरकारले सहयोग गरिदिए हुने भन्ने अपेक्षा स्थानीयवासीको छ। 
 
घर बनाउन सरकारले सहयोग गरेपछि घर-घरमा सिंहदरबार आएको महसुस गराएको तालगाउँका स्थानीय सिंहबहादुर गुरुङले बताए। 'बाढीमा परेर मेरो घर पूर्ण क्षति भएको थियो, हामी घरबारविहीन भएका थियौँ, सङ्घ सरकारले पाँच लाख, प्रदेश सरकारबाट दुई लाख र स्थानीय सरकारबाट एक लाख सहयोग पाएका थियौँ', उनले भने, 'सरकारको सहयोगले अहिले घर बनाएर बस्न थालेका छौँ।'
 
आफ्नो जग्गामा बसोबास गर्न नमिल्ने भएपछि सरकारले उपलब्ध गराएको जग्गामा घर बनाइ बस्न थालेको स्थानीय राजनबहादुर गुरुङले बताए। 'यो क्षेत्र अझै पूर्णरुपमा सुरक्षित भइसकेको छैन', उनले भने। रासस


प्रकाशित : मंगलबार, माघ ३ २०७९०७:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend