शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

काँचो इँटा उत्पादन तथा निकासीमा कर

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ३ २०७९
images
काँचो इँटा उत्पादन तथा निकासीमा कर
फाइल तस्बिर

निश्चित स्थानमा व्यवसाय सञ्चालन गरेवापत प्रतिस्थान १० हजार रुपैयाँ र काँचो इँटा तयार गर्ने जग्गाले चर्चेको प्रतिरोपनी पाँच सय रुपैयाँका दरले कर असुली गर्ने निर्णय गरेको हो।

images
images

भक्तपुर- चाँगुनारायण नगरपालिकाले काँचो इँटा उत्पादन गरेर निकासी गर्ने व्यवसायीलाई कर लगाएको छ। नगरपालिकाको १२औँ नगरसभाले करको दायरालाई फराकिलो बनाउँदै काँचो इँटा उत्पादन तथा निकासीमा कर लगाएको हो।

images
images
images

इँटाभट्टा व्यवसायीले निश्चित वार्षिक कर तिर्ने गरे पनि काँचो इँटा उत्पादन गर्दै बिक्री एवं निकासी गर्नेले वर्षौँदेखि कर नतिरी व्यवसाय सञ्चालन गरेपछि नगरसभाले नै यसमा पनि कर लगाउने निर्णय गर्दै कर निर्धारण गरेको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए। 

images
images

काँचो इँटा उत्पादन गर्र्दै आएका व्यवसायीले किसानको जग्गा भाडामा लिएर काँचो इँटा उत्पादन गर्ने र भट्टालाई इँटा बिक्री गर्दै आएका छन्। नगरपालिकाले निश्चित स्थानमा व्यवसाय सञ्चालन गरेवापत प्रतिस्थान १० हजार र काँचो इँटा तयार गर्ने जग्गाले चर्चेको प्रतिरोपनी पाँच सयका दरले कर असुली गर्ने निर्णय गरेको हो।

images
images

त्यसो त भक्तपुरका रहेका ६१  इँटाभट्टामध्ये ४१ भट्टा रहेको चाँगुनारायणमा प्रदूषण बढाउने प्रमुख कारण नै इँटा उद्योग रहेकाले इँटा उद्योगलाई हटाउनुपर्ने माग गर्दै स्थानीय जनस्तरदेखि कार्यपालिकामा समेत पटक–पटक आवाज उठ्दै आइरहेको छ। रासस


प्रकाशित : मंगलबार, माघ ३ २०७९०५:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend