शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

काठमाडौं महानगरको पूर्वाधार एम्बुलेन्सले पाएन काम

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस ३० २०७९
images
काठमाडौं महानगरको पूर्वाधार एम्बुलेन्सले पाएन काम

सुरुमा कामपाले वातावरण विभागको दुई वटा गाडीलाई मर्मत गरेर भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिएको हो। तत्कालको समयमा ती दुईलाई काम भ्याउन मुस्किल थियो। अहिले दुईमध्ये एक बिग्रिएको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले विगत छ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन जस्तै भएको छ।  

images
images
images

ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो सातादेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो। सञ्चालनको सुरुआती समयमा दैनिक १५ वटासम्म गुनासो आउने र सोहीअनुरुप समाधान हुने गरेको थियो। अहिले चार पाँच दिनमा मुस्किलले एउटा गुनासो आउने गरेको कामपा भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाले जानकारी दिए।  

images
images

उनका अनुसार अहिले नगन्य मात्रामा सडकको खाल्डो पुर्न गुनासो आउँछ। त्यो पनि सम्बन्धित वडाध्यक्षबाट आउँछ। नागरिकले कामपाको टोल फ्रि नम्बरमा फोन गरेर खाल्डो पुर्न गुनासो गर्न भने छोडेका छन्।  

images
images

सुरुमा कामपाले वातावरण विभागको दुई वटा गाडीलाई मर्मत गरेर भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिएको हो। तत्कालको समयमा ती दुईलाई काम भ्याउन मुस्किल थियो। अहिले दुईमध्ये एक बिग्रिएको छ। भएको एउटाले पनि काम पाउन सकेको छैन। 'चार पाँच दिनमा एउटा काम गर्न गुनासो आउँछ', विभागका प्रमुख थापाले भने।   

विशेष गरी कामपाको क्षेत्रभित्रबाट सडकको खाल्डो पुर्न आएको गुनासोकोे तत्काल सम्बोधन गर्न उक्त एम्बुलेन्स प्रयोग ल्याइएको थियो। बर्खाको तुलनामा अहिले सडकमा खाल्डा कम पर्ने, सडक विभागले गर्नुपर्ने स्थानमा काम नियमित भइरहेको र कामपाले आफ्नो अधिकार क्षेत्रभित्रका सडक मर्मत काम नियमित गरिरहेकाले  पूर्वाधार एम्बुलेन्सले काम नपाएको प्रमुख थापाको भनाइ छ। 

नगन्यरुपमा आएको गुनासो महानगरका इन्जिनियर र कामदारसहित तीन जनाको टोली टोल–टोलमा पुगेर सडक मर्मतको काम भने गरिरहेकै छन्। अहिलेसम्म डल्लु, नयाँबानेश्वर, बुद्धनगर र बालुवाटार क्षेत्रमा धेरै यस्ता किसिमको काम भएको जनाइएको छ। दिउँसोको समयमा सडकमा मर्मतको काम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेपछि कामपाले बिहान र साँझमात्र यस्ता काम गर्न थालेको छ। 

त्यसैगरी सडक सफा राख्न कामपाको यान्त्रिक कुचो (ब्रुमर) नियमित सञ्चालमा छ। हाल कामपामा छ यान्त्रिक कुचो सञ्चालनमा छन्। फोहरमैला व्यवस्थापन गर्ने, ब्रुमरको नियमित उपयोग, खानेपानी तथा ढल निकास र बिजुलीका तार व्यवस्थापन गर्दा खनिएका खाँडलको व्यवस्थापनजस्ता काम अहिले नियमितरुपमा भइरहेका छन्। रासस


प्रकाशित : शनिबार, पुस ३० २०७९०८:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend