शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

गृहमन्त्रीले क्रसर बन्द गराउँदा निर्माण उद्योग समस्यामा परेको भन्दै व्यवसायीले भेटे पूर्वाधारमन्त्री श्रेष्ठ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २९ २०७९
images
गृहमन्त्रीले क्रसर बन्द गराउँदा निर्माण उद्योग समस्यामा परेको भन्दै व्यवसायीले भेटे पूर्वाधारमन्त्री श्रेष्ठ

जवाफमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले क्रसर उद्योगमा देखिएको समस्यामा समाधानका लागि छलफल भइरहेको भन्दै छिटै निकास खोजिने स्पष्ट पारे।

images
images

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले उप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी नदी तथा खानीजन्य निर्माण सामग्रीको उत्खननमा देखिएको समस्याले निर्माण उद्योगमा परेको समस्या बारे ध्यानाकर्षण गराएको छ।

images
images
images

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण उद्योगका लागि अति आवश्यक कच्चा पदार्थ गिट्टी, बालुवा, ढुंगा, माटो लगायतका निर्माण सामग्रीहरू उत्खनन, ओसारपसार लगायतमा समस्या भएसँगै निर्माण कार्यहरू ठप्प जानकारी गराए।

images
images

गृह मन्त्रालयको निर्देशनपछि मुलुकभरका आधाभन्दा बढी क्रसर उद्योग बन्द भइसकेको भन्दै अध्यक्ष सिंहले त्यसको प्रत्यक्ष मारमा निर्माण उद्योग परेको बताए। अध्यक्ष सिंहले एक वर्षको समय दिएर क्रसर उद्योगहरूलाई वैद्य गराउन सकिने सुझाव दिए।

images
images

निर्माण उद्योगलाई चलायमान बनाउन मोबिलाइजेशन बापत्को २० प्रतिशत रकम उपलब्ध गराउन र म्याद थपमै समय सापेक्ष हुने गरी माइलस्टोनको व्यवस्था गर्न अध्यक्ष सिंहले आग्रह गरे।

जवाफमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले क्रसर उद्योगमा देखिएको समस्यामा समाधानका लागि छलफल भइरहेको भन्दै चाँडै निकास खोजिने स्पष्ट पारे।

सरकारले क्रसर संचालनका लागि नयाँ मापदण्ड बनाउने जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले गुणस्तरीय निर्माण सामग्री उत्पादन भएमात्र गुणस्तरीय निर्माण हुने बताए।

महासंघ प्रतिनिधिमण्डललमा एसोशिएट उपाध्यक्ष रामजी पन्त ‘मुकेश’, महासचिव रोशन दाहाल, उपमहासचिव (नीतिगत) शिवहरि घिमिरे, उपमहासचिव (आन्तरिक) नरहरि थपलिया, कार्य समिति सदस्य पञ्चराम तामाङ (पदम), निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष छत्र तामाङ, महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर लगायतको सहभागिता रहेको थियो।


प्रकाशित : शुक्रबार, पुस २९ २०७९०८:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend