बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

दुईपांग्रे ईभीमा स्टार्टअपकै दबदबा, अटो एक्स्पो २०२३ मा ४० स्टार्टअपको अलग पेभिलियन

शुक्रबार, पुस २९ २०७९
दुईपांग्रे ईभीमा स्टार्टअपकै दबदबा, अटो एक्स्पो २०२३ मा ४० स्टार्टअपको अलग पेभिलियन

पेभिलियनमा ४० ब्रान्डका विद्युतीय मोटरसाइकल तथा स्कुटर दर्जनौँ मोडल प्रदर्शनीमा राखिएको छ।

नयाँ दिल्ली (भारत)- भारतको ग्रेटर नोयडामा १६ औँ संस्करणको अटो एक्सपो २०२३ बिहीबार औपचारिक उद्घाटन भएको छ। भारतको यातायात तथा हाइवे केन्द्रीय मन्त्री नीतिन गडकरीले एक्सपोको उद्घाटन गरेका हुन्।

एक्स्पोमा भारतीयसहित कोरियन, जापानी, युरोपेली, चिनियाँलगायत कम्पनीहरूको सहभागिता रहेको छ। यो संस्करणको अटो एक्सपोमा सवारी उत्पादकहरूले विद्युतीय सवारीलाई उच्च प्राथमिकता दिएका छन्। विभिन्न कम्पनीहरूले विद्युतीय कार तथा मोटरसाइकल/स्कुटरको कन्सेप्ट र मोडल सार्वजनिक गरेका छन्।

चारपांग्रे सवारी उत्पादकहरूले आईसी इन्जिनयुक्त सवारी र विद्युतीय सवारी एकै ठाउँमा प्रदर्शनीमा राखेका छन्। तर विद्युतीय मोटरसाइकल तथा स्कुटरको भने छुट्टै पेभिलियन बनाइएको छ। सो पेभिलियनमा ४० ब्रान्डका विद्युतीय मोटरसाइकल तथा स्कुटर दर्जनौँ मोडल प्रदर्शनीमा राखिएको छ।

सर्वसाधारणका लागि एक्सपो शुक्रबारदेखि खुला हुनेछ। बिहीबार बिजनेस डेका दिन एक्सपोको औपचारिक उद्घाटन भएको थियो। बुधबार अर्थात मिडिया डेका दिन मिडियाकर्मीहरूलाई मात्र प्रवेश दिइएको थियो। मिडिया/बिजनेस डेकै दिन नेपालबाट अटो एक्सपो आयोजक सायमसँगको समन्वयमा नाडाका पदाधिकारी तथा सदस्यहरुको समेत सहभागिता भएको थियो।

एक्सपोको मिडिया डेको दिन विभिन्न कम्पनीका ५९ वटा प्रोडक्ट सार्वजनिक भएको थियो। एक्सपोमा ७० वटा दुई तथा चार पांग्रे सवारी उत्पादक कम्पनीहरूको सहभागिता रहेको छ। एक्सपो जनवरी ११ देखि १८ सम्म ग्रेटर नोयडामा रहेको एक्सपो मार्टमा सञ्चालन हुनेछ।WhatsApp Image 2023-01-12 at 23.47.36.jpegWhatsApp Image 2023-01-12 at 23.47.39 (2).jpegWhatsApp Image 2023-01-12 at 23.47.40 (2).jpeg13.jpegWhatsApp Image 2023-01-12 at 23.47.35.jpeg2whev16.jpeg2whev17.jpeg2whev19.jpeg2whev20.jpeg2whev14.jpeg2whev15.jpeg2whev8.jpeg


प्रकाशित : शुक्रबार, पुस २९ २०७९०६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend