बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

विद्युतीय सवारीमय भयो 'अटो एक्स्पो २०२३' (तस्बिरसहित)

शुक्रबार, पुस २९ २०७९
विद्युतीय सवारीमय भयो 'अटो एक्स्पो २०२३' (तस्बिरसहित)

एक्सपोमा टाटा मोटर्स, हुन्डाई, मारूती सुजुकी, किया, एमजी, टोयोटा, लेक्ससलगायत कम्पनीका दर्जनौं विद्युतीय कार तथा कन्सेप्ट सार्वजनिक भएको छ। 

नयाँदिल्ली- भारतको ग्रेटर नोयडामा अटो एक्सपो २०२३ विद्युतीय सवारीमय भएको छ। भारतको यातायात तथा हाइवे केन्द्रीय मन्त्री नीतिन गडकरीले बिहीबार औपचारिक उद्घाटन गरेको १६औं संस्करणको अटो एक्सपो विद्युतीय सवारीको बाहुल्यता बढेको हो।

एक्सपोमा टाटा मोटर्स, हुन्डाई, मारूती सुजुकी, किया, एमजी, टोयोटा, लेक्ससलगायत कम्पनीका दर्जनौं विद्युतीय कार तथा कन्सेप्ट सार्वजनिक भएको छ। 

WhatsApp Image 2023-01-13 at 00.17.50 (1).jpeg

भारतको सर्वाधिक कार बिक्री गर्ने कम्पनी मारूती सुजिकीले समेत विद्युतीय कन्सेप्ट एसयूभी ईभीएक्स सार्वजनिक गरेको छ। एक्सपोमा सो कन्सेप्ट कारले राम्रै चर्चा बटुलेको छ। उच्च रेन्ज दाबी गरिएको सो कार बजारमा आउन भने समय लाग्नेछ।

यो संस्करणको अटो एक्सपोमा टाटाको अभेन्या, कर्भ, ह्यारियर ईभी, सफारी ईभी, पन्च ईभी, टियागो ईभी, हुन्डाईको आयोनिक सिक्स र आयोनिक फाइभ, कियाको ईभी सिक्स र के नाइन कन्सेप्ट ईभीलगायतको चार्चा चुलिँदै भएको छ। त्यस्तै एमजीको ईआरएक्स फाइभ, ईएमजी सिक्स, जेडएस ईभी मिफा नाइन, लेक्ससका दुई कन्सेप्ट ईभी, टोयोटाको बीजेडएस ईभी, कियाको ईभी सिक्स र के नाइन कन्सेप्टलगायत विद्युतीय कार प्रदर्शनीका लागि राखिएको छ।

WhatsApp Image 2023-01-13 at 00.19.57 (1).jpeg

सर्वसाधारणका लागि एक्सपो शुक्रबारदेखि खुला हुनेछ। बिहीबार 'बिजनेस डे' का दिन एक्सपोको औपचारिक उद्घाटन भएको थियो।

एक्सपोको मिडिया डे को दिन विभिन्न कम्पनीका ५९ वटा प्रोडक्ट सार्वजनिक भएको थियो। एक्सपोमा ७० वटा दुई तथा चार पांग्रे सवारी उत्पादक कम्पनीहरूको सहभागिता रहेको छ। एक्सपो जनवरी ११ देखि १८ सम्म ग्रेटर नोयडामा रहेको एक्सपो मार्टमा सञ्चालन हुनेछ।

WhatsApp Image 2023-01-13 at 00.17.52.jpeg

एक्सपोमा भोल्भो आइसर, टाटा मोटर्स, जेबीएम, हेक्सललगायत कम्पनीले विद्युतीय बस तथा ट्रक पनि प्रदर्शनीका लागि राखिएको थियो। टाटा र भोल्भो आइसरले हाइड्रोजन फ्युल सेल ट्रक पनि प्रदर्शनीमा राखेका छन्।

WhatsApp Image 2023-01-13 at 00.19.56.jpegWhatsApp Image 2023-01-13 at 00.19.51.jpegWhatsApp Image 2023-01-13 at 00.17.50.jpegWhatsApp Image 2023-01-13 at 00.17.55.jpegWhatsApp Image 2023-01-13 at 00.19.52.jpegWhatsApp Image 2023-01-13 at 00.17.48.jpegWhatsApp Image 2023-01-13 at 00.17.49 (2).jpegWhatsApp Image 2023-01-13 at 00.17.49 (1).jpeg


प्रकाशित : शुक्रबार, पुस २९ २०७९०४:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend