सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सुस्त इन्टरनेटले आजित उपभोक्ता, अधिकांश गुनासो इन्टरनेट सेवा सम्बन्धी

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ३१ २०७८
सुस्त इन्टरनेटले आजित उपभोक्ता, अधिकांश गुनासो इन्टरनेट सेवा सम्बन्धी

इन्टरनेटको सुस्त गति र नचल्ने सम्बन्धमा कूल ५४ प्रतिशतले गुनासो गरेका छन्। मोबाइलको भ्वाइस तथा सिमकार्ड सम्बन्धित गुनासो भने जम्मा २९ प्रतिशतमात्र रहेको प्राधिकरणले उल्लेख गरेको छ। 

काठमाडौं- दूरसञ्चार सेवा सम्बन्धी गुनासो गर्ने उपभोक्तामध्ये धेरैले इन्टरनेटको गति सम्बन्धमा रहेको छ। 

नेपाल दूरसञ्चार प्राधिकरणमा गुनसो गर्ने हरेक दुईमा एकजना उपभोक्ताको समस्या इन्टरनेट सम्बन्धी रहेको पाइएको छ। प्राधिकरणको वार्षिक विवरणअनुसार  आर्थिक वर्ष २०७७/७८ मा ३०९ जनाले गुनासो दर्ता गरेका थिए। त्यसमध्ये १६७ जनाले इन्टरनेटको गति सुस्त भएको, इन्टरनेट नचलेको, प्याकेजमा समस्या आएको सम्बन्धमा गुनासो गरेका थिए। 

कूल गुनासोमा इन्टरनेटसम्बन्धी गुनासो गर्नेहरूको संख्या अझै धेरै रहेको छ। इन्टरनेटको मर्मत, बिलिङ, सम्पर्क नभएको जस्ता समस्याका बारेमा गुनासो गर्नेहरूको संख्या जोड्दा भ्वाइसको तुलनामा धेरै बढी रहेको छ। 

प्राधिकरणका अनुसार इन्टरनेट कम्पनीबाट तीनजनाले क्षतिपूर्ति माग गर्दै निवेदन पनि दिएका थिए। 

इन्टरनेटको सुस्त गति र नचल्ने सम्बन्धमा कूल ५४ प्रतिशतले गुनासो गरेका छन्। मोबाइलको भ्वाइस तथा सिमकार्ड सम्बन्धित गुनासो भने जम्मा २९ प्रतिशतमात्र रहेको प्राधिकरणले उल्लेख गरेको छ। 

सेवाप्रदायकको कुरा गर्दा सबैभन्दा धेरै नेपाल दूरसञ्चार  कम्पनीको सेवासँग सम्बन्धित रहेको छ। २६ प्रतिशतले उक्त कम्पनीको सेवा सम्बन्धमा गुनासो गरेका थिए। 

त्यस्तै वर्ल्डलिंकको सेवा सम्बन्धमा १६, क्लासिक टेकको सेवा सम्बन्धमा १७ प्रतिशतको गुनासो छ भने एनसेलको सेवा सँग सम्बन्धित ८ प्रतिशतमात्र गुनासो रहेको छ। सुबिसुको सेवा सम्बन्धमा  ९ प्रतिशतले गुनासो गरेका थिए भने भायानेटको सेवा चित्तबुझ्दो नभएको गुनासो गर्नेहरू ११ प्रतिशत छन्। 

प्राधिकरणले यस्ता गुनासोका सम्बन्धमा सम्बन्धित सेवाप्रदायकहरुलाई ध्यानाकर्षण गराउने गरेको छ। गुनासोका सम्बन्धमा सेवाप्रदायकलाई सचेत गराउने बाहेक उल्लेखनीय कारबाही गरेको भने कुनै जानकारी दिइएको छैन। 

 


प्रकाशित : आइतबार, असोज ३१ २०७८१४:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend