मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

४० उद्योग भित्र्याउने पाँचखाल नगरको घोषणा 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ३१ २०७८
४० उद्योग भित्र्याउने पाँचखाल नगरको घोषणा 

'पाँचखाल सुनको कचौरा हो, यहाँ कृषि र अन्य उत्पादनका ४० उद्योग स्थापनाको तयारी थाल्दैछौँ ' उनले भने। 

काभ्रेपलाञ्चोक- लगानी भित्र्याउनका लागि पाँचखाल नगरपालिले महत्वकांक्षी योजना अघि बढाउने भएको छ । दुई वर्षअघि लगानी सम्मेलन गरी लगानी भित्र्याउने तयारी गर्दैगर्दा कोरोनाको जोखिमले सम्भब नभएकामा हाल वित्तीय सस्ंथासँग सहकार्य गरी काम अघि बढाइएको छ। पाँचखालमा करिब ४० उद्योग स्थापनाको तयारीमा रहेको नगरप्रमुख महेश खेरेलले बताए। 

'पाँचखाल सुनको कचौरा हो, यहाँ कृषि र अन्य उत्पादनका ४० उद्योग स्थापनाको तयारी थाल्दैछौँ ' उनले भने। 

चालू आर्थिक वर्षदेखि एक दर्जन उद्योगबाट उत्पादन गराउने गरी तयारी थालिएको र  उद्यमशीलताको विकास एवं प्रबद्र्धनका लागि वित्तीय संस्थासँग सम्झौतालाई प्राथमिकता दिइरहेको बताइएको उनले बताए। 

उद्यम गर्न चाहने स्थानीयवासीका लागि नगरको सिफारिसमा सहजरुपमा सरल कर्जा उपलब्ध गराउने उद्देश्यले यसअघि नबिल बैंकसँगसम्झौता गरिएको छ। 

पूर्वाधारलगायत निजी–साझेदारीको माध्यमबाट नगरलाई स्मार्ट बनाउन सो सम्झौता गरिसकिएको खरेलले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, असोज ३१ २०७८०८:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend