बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सुजुकीको विद्युतीय एसयूभी 'ईभीएक्स' कन्सेप्ट सार्वजनिक, ५५० किलोमिटरसम्म रेन्ज दिने दाबी 

बुधबार, पुस २७ २०७९
सुजुकीको विद्युतीय एसयूभी 'ईभीएक्स' कन्सेप्ट सार्वजनिक, ५५० किलोमिटरसम्म रेन्ज दिने दाबी 

प्रदूषण कम गर्ने सरकारी योजनाअनुसार जीवास्म इन्धनबाट चल्ने सवारीको उत्पादन क्रमिक रुपमा बन्द गर्दै जाने मारुती सुजु्की इन्डियाले जनाएको छ। 

काठमाडौं-  भारतको राजधानी नयाँ दिल्लीमा जारी अटो एक्सपो २०२३ मा मारुती सुजुकीले ल्याउने नयाँ विद्युतीय एसयूभीको कन्सेप्ट  सार्वजनिक गरेको छ। 

भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकी इन्डियाले हालसम्म एउटा पनि विद्युतीय कार उत्पादन गरेको छैन। कम्पनीले अब भने विद्युतीय कारको उत्पादनलाई प्राथमिकता दिने नीति लिएको छ। आजदेखि ११ देखि सुरु भएको अटो एक्सपोमा मारुती सुजुकीले 'ईभीक्स' कन्सेप्ट विद्युतीय कार सार्वजनिक गरेको छ। 

सुजुकी मोटर कर्पोरेसन जापानले डिजाइन तथा डेभलप गरेको यो कन्सेप्ट कार भविष्यमूखी भएको अहिले भएका सबै विद्युतीय कारभन्दा अलग हुने कम्पनीले दाबी गरेको छ। 

यो कार ६० किलोवाट आवर ब्याट्रीप्याकमा उपलब्ध हुने र यसले ५५० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ। सन् २०२५ सम्म बजारमा ल्याउने दाबी गरिएको यो कारका फिचर्सहरू अझै थपिँदै जानसक्नेछन्। 

भारतीय-जापानी कार उत्पादन कम्पनी मारुती सुजुकीले २०२५ सम्ममा विद्युतीय, हाइब्रिडलगायत गरि कुल १६ वटा नयाँ कार बजारमा ल्याउने योजना बनाएको छ। त्यसमध्य अधिकांश सवारी अटो एक्सपो २०२३ मा प्रोटोटाइप वा तयारी रुपमा सार्वजनिक हुनेछ। 

प्रदूषण कम गर्ने सरकारी योजनाअनुसार जीवास्म इन्धनबाट चल्ने सवारीको उत्पादन क्रमिक रुपमा बन्द गर्दै जाने मारुती सुजु्की इन्डियाले जनाएको छ। 

यसका लागि सुजुकीले हाइब्रिड, फ्लेक्सफ्युल, बायोफ्युल तथा पूर्णविद्युतीय कार उत्पादन गर्दै जाने बताएको छ। यो सबै चरण पार गरे पूर्णविद्युतीकरणमा पुग्न ७ देखि १० वर्ष लाग्ने कम्पनीले जनाएको छ। 

evxs.png

भारत सरकारले २०२० अप्रिलदेखि बीएस ६ मापदण्ड लागु गरेसँगै सुजुकीले भारतमा डिजेल कार उत्पादनलाई निरुत्साहित गर्दै लगेको छ। कम्पनीले वातावरणमैत्री प्रविधिको विकासलाई उच्च प्राथमिकता दिएको सुजुकी मोटरको प्रमुख प्रविधि अधिकृत सीआर रामनले बताएका छन्। आगामी दशकमा सजुकीसँग कुनैपनि पेट्रोल सवारी नहुने र सबै सवारी वातावरणमैत्री हुने उनले बताएका हुन्। 

विद्युतीय सवारी आईसी इन्जिनयुक्त सवारीको तुलनामा महँगो भएकाले सबै सवारीलाई विद्युतीकरण गर्न केही समय लाग्ने दाबी सुजुकीको छ। विद्युतीय सवारी वार्षिक ३५ देखि ४० किलोमिटर कुदाएमात्र त्यसको मूल्यअनुसारको उपादेयता हुनेछ। हाल भारतीय कार ओनरहरुले वार्षिक औषत १० हजार किलोमिटरमात्र कुदाइ रहेका छन्। 

गएको मार्चमा सुजुकीले भारतमा १ खर्ब भारुभन्दा बढी लगानी गरेर विद्युतीय उत्पादन सुरु गर्ने घोषणा गरेको थियो। कम्पनीले भारतीय बजारमा २०२५ मा विद्युतीय कार बिक्रीका लागि ल्याउने बताएको छ। विद्युतीय कार उत्पादन प्लान्टले वार्षिक ७ लाख ५० हजार विद्युतीय कार उत्पादन गर्ने क्षमता राख्नेछ। सुजुकीको नयाँ प्लान्ट हरियानामा र सुजुकी ईभी ब्याट्री प्लान्ट गुजरातको हंसलपुरमा बन्ने छ। 

सुजुकीले भारतको गुजरात प्लान्टबाट विद्युतीय कार उत्पादन गर्ने र त्यसमा ३ खर्ब भारुभन्दा बढी लगानी गर्ने घोषणा गरेको थियो। मारुती र सुजुकी मोटो कर्पबीच १९८२ मा संयुक्त उपक्रमको साझेदारी भएको थियो। 

evx.png

सुजुकी मोटो कर्पसँग भारतीय कम्पनी मारुती सुजुकी इन्डियामा बहुमत सेयर रहेको छ। भारतमा साना तथा कम मूल्यका कारमा मारुती सुजुकीको बर्चस्व रहेको छ। तर भारतीय उपभोक्ताको एसयूभी प्रति बढ्दै गएको रुचीलाई ध्यानमा राखेर मारुती सुजुकीले पनि एसयूभी सेगमेन्टका कार उत्पादनलाई प्राथमिकता दिएको छ। उसले विद्युतीय कार पनि एसयूभी सेगमेन्टमै धेर मोडल ल्याउनेछ।  

गुजरात हंसलपुर प्लान्ट २०२६ मा बनेर ब्याट्री सेल उत्पादन थाल्ने छ। यो प्लान्टमा १ खर्ब ४० अर्ब भारुभन्दा बढी लगानी हुनेछ। ब्याट्री उत्पादनमा तोशिबा, डेन्सु र सुजुकीको संयुक्त उपक्रम रहेको छ। यही प्लान्टमा उत्पादन हुने सेल मारुती सुजुकी र टोयोटाले उत्पादन गर्ने हाइब्रिड कारमा समेत प्रयोग हुनेछ। 

सुजुकीको हरियानामा बन्ने प्लान्टबाट विद्युतीय कार र पेट्रोल कार बन्ने छ। यो प्लान्टबाट वार्षिक १० लाख कार उत्पादन हुने अनुमान गरिएको छ। यो प्लान्ट बनाउन २ अर्ब भारु लगानी हुनेछ। 

नेपाली बजारमा पनि सुजुकीका कार राम्रो संख्यामा बिक्री हुँदै आएको छ। सुजुकीका इन्ट्रिलेवलदेखि एसयूभी सेगमेन्टसम्मका कार लोकप्रिय छन्। भारतमा विद्युती कार उत्पादन भएसँगै नेपाली बजारमा समेत त्यसले राम्रो संख्यामा बिक्री हासिल गर्ने अनुमान गरिएको छ। मारुती सुजुकी ल्याउने विद्युतीय कार मूल्य कम र रेन्ज धेरै हुने धेरैले अपेक्षा गरेका छन्। 


प्रकाशित : बुधबार, पुस २७ २०७९०४:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend