सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बिहारमा जेनेरेटर बिग्रिँदा नेपालमा विद्युत आयातमा समस्या, अधिकांश उद्योगमा विद्युत कटौती

मंगलबार, पुस २६ २०७९
बिहारमा जेनेरेटर बिग्रिँदा नेपालमा विद्युत आयातमा समस्या, अधिकांश उद्योगमा विद्युत कटौती

काठमाडौं- भारतबाट बिजुली आयातमा समस्या आएपछि नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा बिजुली कटौती गरेको छ। भारत बिहारबाट दैनिक १ सय २५ मेगावाट बिजुली नेपालतर्फ आयात हुँदै आएको छ। 

‘हामीलाई बिजुली दिँदै आएको बिहारस्थित १३ सय ३० मेगावाट विद्युत उत्पादन हुने प्लान्टमा समस्या आएपछि उताबाट बिजुली नआउँदा समस्या भएको हो’ नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले भने।

बिहारबाट आउने बिजुलीको सप्लाईमा समस्या भएपछि उद्योगमा बिजुली कटौती गरिएको हो। ‘भारतबाट यो समस्या समाधानका लागि दुई/चार दिन लाग्न सक्छ भन्ने जानकारी आएको छ,’ भट्टराईले भने। 

नेपालमा उत्पादन कम हुन थालेपछि भारतबाट दैनिक ५ सय मेगावाट बिजुली आयात हुँदै आएको छ। हाल पिक आवरमा १८०० मेगावटको डिमान्ड रहेकोले भारतबाट आयात गरिएको प्रवक्ता भट्टराईले बताए।

नेपालको आन्तरिक उत्पादन ८५० मेगावाट मात्रै रहेको छ। भारतबाट आयातमा समस्या भएपछि नेपाली उद्योगहरूमा दैनिक ६ देखि ९ घन्टासम्म बिजुली कटौती गरिएको छ। 

नेपाल विद्युत प्राधिकरणले पूर्वजानकारी र आधिकारिक तालिकाबिना नै बिहान ७ देखि ११ बजेसम्म र बेलुका ६ बजेदेखि १० बजेसम्म लाइन काटेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए। प्राधिकरणले हेटौँडा, भैरहवा र पोखरा क्षेत्रमासमेत बिजुली कटौती गरेको हो। 


प्रकाशित : मंगलबार, पुस २६ २०७९११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend