बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

बजाजका मोटरसाइकल एसेम्बल गर्ने कम्पनी हुलास अटोक्राफ्टको आम्दानी आधा घट्यो

छुट तथा सहुलियतले गर्दा सञ्चालन मार्जिन घटेन  

सोमबार, पुस २५ २०७९
बजाजका मोटरसाइकल एसेम्बल गर्ने कम्पनी हुलास अटोक्राफ्टको आम्दानी आधा घट्यो

सुरुमा २ पांग्रे एसेम्बल गरेको कम्पनीले सन् २०१९ देखि तीनपांग्रेको पनि एसेम्बल सुरु गरेको थियो। 

काठमाडौं- नेपालमा बजाजका मोटरसाइकल एसेम्बल गर्ने कम्पनी हुलास अटोक्राफ्टको आम्दानी चालु वर्षको पाँच महिनामा ५० प्रतिशतले गिरावट आएको छ। 

क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले उल्लेख गरेअनुसार कम्पनीले यो वर्षको पाँच महिनामा २ अर्ब ६४ करोड रुपैयाँमात्र आम्दानी गरेको छ। यो गत वर्षको तुलनामा आधा न्यून हो। 

कम्पनीले सन् २०७७/७८ मा सबैभन्दा धेरै १२ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेको थियो। गत वर्षदेखि आरालो लागेको आम्दानी यो वर्ष पनि निरन्तर रहेको छ। गत वर्ष कम्पनीले १० अर्ब आम्दानी गरेको थियो। 

आम्दानीमा गिरावट आएपनि कम्पनीको सञ्चालन मुनाफामा भने फरक परेको छैन। विशेषगरी सरकारले नेपालमै एसेम्बल गर्ने उद्योगलाई छुट तथा सहुलियत दिएपछि कम्पनीको मुनाफा सकारात्मक देखिएको छ। पछिल्ला तीन वर्षमा क्रमश: कम्पनीको आम्दानीको ४.२९, ५.५९ र  यो वर्ष ५.८४ प्रतिशत पुगेको छ। 

सन् २०१३ मा स्थापना भएको हुला अटोक्राफ्ट  नेपालमा बजाज मोटरसाइकलका लागि आधिकारिक वितरणक हंसराज हुलासचन्द कम्पनीको सहायक कम्पनी हो। यसले नेपालमा सन् २०१८ देखि व्यवासायिक उत्पादन सुरु गरेको थियो। 

सुरुमा २ पांग्रे एसेम्बल गरेको कम्पनीले सन् २०१९ देखि तीनपांग्रेको पनि एसेम्बल सुरु गरेको थियो। 


घट्दो माग र खराब आर्थिक अवस्थाका कारणले कम्पनीको बिक्री प्रभावित भएको छ। कम्पनीको चालु पुँजी अनुपात वृद्धि भएको छ। कूल आम्दानीको तुलनामा चालु पुँजीको अनुमतिमा वृद्धि हुँदा ऋणमाथिको निर्भारता कम्पनीको वृद्धि भएको छ। 

योसँगै अन्य ब्रान्डसँगको प्रतिस्पर्धाले पनि कम्पनीको व्यापारमा चुनौति थपिएको छ। होन्डा, यामाहले यसलाई चुनौति दिएका छन्। टीभएसले नेपालमै उत्पादन सुरु गर्दा योसँगको प्रतिस्पर्धा थपिएको छ भने अन्य ब्रान्डले पनि एसेम्बलको तयारी गरेपछि भविष्यमा झनै बजार प्रतिस्पर्धी हुने अनुमान गरिएको छ। 

 

 


प्रकाशित : सोमबार, पुस २५ २०७९०४:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend