बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

एकैपटक ३२ रंग बदल्ने बीएमडब्लूको विद्युतीय कार

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २४ २०७९
एकैपटक ३२ रंग बदल्ने बीएमडब्लूको विद्युतीय कार

तर यसले जम्मा ३ वटा रंगमात्र परिवर्तन गर्थ्यो तर आई भिजनले भने ३२ वटा रंग परिवर्तन गर्ने दाबी गरिएको छ। 

काठमाडौं-  जर्मन कार निर्माता कम्पनी बीएमडब्लूले नयाँ विद्युतीय कारको कन्सेप्ट सार्वजनिक गरेको छ। अमेरिकाको लभेगासमा जारी कन्ज्युमर इलेक्ट्रिक शो मा कम्पनीले कन्सेप्ट विद्युतीय कार सार्वजनिक गरेको हो। 

एआईको भरपूर प्रयोग गरिएको 'बीएमडब्लू आई भिजन डी' कन्सेप्ट कारको मुख्य विशेषता भनेकै रंग परिवर्तन र  प्रतिक्रिया दिने हो। कारमा प्रयोग गरिएको विशेष प्रविधिको सहायतामा यसले प्रश्नको जवाफ दिन्छ भने यसमा रंग परिवर्तन हुन्छ। 

यो कम्पनीले पहिलोपटक रंग परिवर्तन गर्ने कारको कन्सेप्ट सार्वजनिक गरेको भने होइन। गत वर्षको शोमा पनि आई एक्स फ्लो नामको विद्युतीय कन्सेप्ट कार सार्वजनिक गरेको थियो। तर यसले जम्मा ३ वटा रंगमात्र परिवर्तन गर्थ्यो तर आई भिजनले भने ३२ वटा रंग परिवर्तन गर्ने दाबी गरिएको छ। 

ivsiin.webp

भविष्यमूखी सवारीसाधनका रुपमा प्रस्तुत गरिएको यो कार डी २४० इंक ई-पेपरमा आधारित रहेर बनेको छ। यसमा अमेरिकी कम्पनी ई इंक कर्पोरेसनले विकास गरेको प्रविधि प्रयोग गरिएको छ। 

अहिले सार्वजनिक भएको यो कन्सेप्ट कार मात्र हो। यसको उत्पादन भएर बजारमा कहिले आउँछ भन्ने अझै यकिन भएको छैन। कम्पनीभित्रै अुनसन्धान तथा विकासकै क्रममा रहेको परयोजनामात्र अहिले सार्वजनिक भएको छ। विकासक्रममा योभन्दा अझै विकसित भएर आउने कम्पनीको विश्वास छ। 

 


प्रकाशित : आइतबार, पुस २४ २०७९१०:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend