सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३
शाओमीलाई उछिन्दै एप्पल दोस्रो नम्बरमा पुग्यो

चिप अभावको प्रभाव- संसारभर घट्यो स्मार्टफोनको आपूर्ति

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज ३० २०७८
चिप अभावको प्रभाव- संसारभर घट्यो स्मार्टफोनको आपूर्ति

बजार तथा व्यापारको अध्ययन अनुसन्धान गर्ने संस्था क्यानलेजका अनुसार सन् २०२१ को पहिलो नौ महिनामा स्मार्टफोनको बिक्री ६ प्रतिशत घटेको छ। 

काठमाडौं- चिप अभावका कारण कयौं व्यापार व्यवसाय प्रभावित भएका छन्। गाडीदेखि ग्याजेट्ससम्मका नयाँ सेवा तथा उत्पादन प्रभावित भइरहेका छन्। 

चिपसँगै अहिलेको उर्जा संकट गहिरिँदै गएमा बजारमा चरम अभाव सिर्जना हुने विश्लेषण हुन थालेको छ। 

बजार तथा व्यापारको अध्ययन अनुसन्धान गर्ने संस्था क्यानलेजका अनुसार सन् २०२१ को पहिलो नौ महिनामा स्मार्टफोनको बिक्री ६ प्रतिशत घटेको छ। 

बजारमा चिप अभावका कारणले उपभोक्ताको मागअनुसारका स्मार्टफोन आपूर्ति हुन नसकिकेको बजारको प्रारम्भिक अध्ययनमा उल्लेख गरिएको छ। ठूला स्मार्टफोन कम्पनीहरूले पनि मागअनुसारको आपूर्ति गर्न सकेका छैनन्। 

यो अभावको मारमा उत्पादक कम्पनीहरू अझै पर्न बाँकी रहेको उक्त अध्ययनमा उल्लेख गरिएको छ। संसारका ठूला बजारमा हुने सिङ होलिडेकै मुखमा उत्पादन अभाव हुने संकेत देखिएको छ। यसले गर्दा त्यस्ता कम्पनीको वार्षिक बिक्री झनै घट्ने छ।

यो वर्षको नौ महिनाको तथ्यांकअनुसार सामसुङ विश्व बजारमा सबैभन्दा धेरै हिस्सा भएको कम्पनीका रुपमा यथावत छ। सामसङको २३ प्रतिशत छ भने एप्पल १५ प्रतिशतसहित दोस्रो नम्बरमा छ। शाओमी भने १४ प्रतिशतसहित तेस्रो नम्बरमा पुगेको छ। १० प्रतिशत हिस्सासहित भिभोओप्पो चौथो र पाँचौ नम्बरमा छन्।

चिप अभावको असर नेपाली बजारमा भने अहिलेसम्म उल्लेखनीय प्रभाव देखिएको छैन। नेपाल सानो बजार भएकाले प्रारम्भिक चरणमै असर नदेखिएपनि केही समयपछि देखिनसक्ने व्यवसायीहरूले बताएका छन्। 

'अहिले नै बजारमा अभाव छ भन्न त मिलेन। त्यसै पनि हाम्रो बजारमा यस्ता सूचना जति आए उति महँगी बढ्छ। अहिले त्यस्तो असर देखिएको छैन। पछि देखिनसक्छ' एक स्मार्टफोन व्यवसायीले भने।

 


प्रकाशित : शनिबार, असोज ३० २०७८१०:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend