बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

'प्योर ईभी' प्लेटफर्ममा बनेको निटा भी कार : रेन्ज, सुरक्षा र कम्फर्टले आकर्षित गर्दैछ उपभोक्ता

शनिबार, पुस २३ २०७९
'प्योर ईभी' प्लेटफर्ममा बनेको निटा भी कार : रेन्ज, सुरक्षा र कम्फर्टले आकर्षित गर्दैछ उपभोक्ता

निटा भीमा रहेको ब्याट्री शून्यदेखि ८० प्रतिशत चार्ज हुन जम्मा २० मिनेटमात्र लाग्नेछ। एक पटकको फुल चार्जमा निटा भीले ३ सय ८० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ।

काठमाडौं- विद्युतीय कारमात्र बनाउने गरि स्थापना भएका कम्पनीहरुले सोहीअनुसार कारको डिजाइन तय गर्छन्। हालसम्म नेपाली बजारमा उपलब्ध सबैजसो विद्युतीय कारहरु पेट्रोलियम कार उत्पादनकै लागि डिजाइ भएका कार हुन्। तर सीजी मोटरले नेपाली बजारमा बिक्री गर्दै निटा ब्रान्डका कार भने विद्युतीय कारकै लाडि डिजाइन गरिएको कार हो। 

सीजी मोटरले ल्याएको निटा भी कार नेपाली बजारमा उपलब्ध पहिलो ईभी डिजाइन फ्लेटफर्ममा बनेको विद्यूतीय कार हो। यसरी ईभी डिजाइन प्लेटफर्ममै बनेका कारको मुख्य फाइदा भनेको रेन्ज धेरै हुन्छ। गाडीको तोल कम अर्थात भेहिकल टू लोड (भीटूएल) हुन्छ। यो विशेषता भएको कारमा एक्टर्नल डिस्चार्ज फंसन हुने र यसले कारमा थप पावर प्रदान गर्छ। 

निटा भी विद्युतीय कारमा जेरो ग्राभिटी सिट रहेको छ। यो डिजाइन भएको सिटमा बसेर कार चलाउँदा आरामदायी र सहयोगी हुनेछ। त्यस्तै कारको लेगरुम जुनसुकै मानिसका लागि उपयोगी र साँघुँरो नहुने गरि बनाइएको छ। 

निटा भीमा रहेको ब्याट्री शून्यदेखि ८० प्रतिशत चार्ज हुन जम्मा २० मिनेटमात्र लाग्नेछ। एक पटकको फुल चार्जमा निटा भीले ३ सय ८० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ। यो रेन्ज नेपाली उपभोक्ताले चलाएको निटा भीबाट नै पाइएको सीजी मोटरले जनाएको छ। 

सीजी मोटर्सले भविष्यको सवारी ‘न्यु इनर्जी सवारी भएकाले विद्युतीय सवारीमात्र उत्पादन गर्ने गरि स्थापना भएको होजोन अटोले उत्पादन गरेको निटा ब्रान्डका विद्युतीय कार नेपाली बजारमा ल्याएको हो। निटा ब्रान्ड भने पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको कार हो। 

जसका कारण निटा ब्रान्डका कार निक्कै इफिसियन्ट रहेको कम्पनीको भनाइ छ। सीजी मोटर्सले ‘सीजीरिभोलुसन’को नारासहित न्यू इनर्जी सवारीलाई प्राथमिकता दिने नीतिमा रहेका कारण धेरै रेन्ज दिने, उपयुक्त मूल्यको विद्युतीय सवारी नेपाली उपभोक्तालाई उपलब्ध गराएको जनाएको छ। 

neta com.jpg

निटा भीका मुख्य विशेषता 

ब्याट्री : निटा भीमा विश्वकै नवीनतम ब्याट्री प्रयोग गरिएको छ जसले उच्चतम क्षमताको प्रदर्शन गर्छ। यो ब्याट्रीमा हिटिङ तथा कुलिङको व्यवस्थासहितको थर्मल म्यानेजमेन्ट सिस्टम रहेको छ।

कारको बडी : निटा भीको बडीमा हाइ टेनसिल स्टिल प्रयोग गरिएको छ। कारको बाह्य बडीको ६३ हिस्सा बनाउन सोही स्टिलको प्रयोग गरिएको छ। यो शक्तिशाली स्टिलले कारमा यात्रारत यात्रुलाई थप सुरक्षित बनाएको छ। शक्तिशाली हुनुका साथै यो स्टिल हलुकासमेत छ। विद्युतीय कारमा जति हलुका बडी संरचना भयो कारले त्यति नै धेरै माइलेज दिन्छ। कारकै तौल धेरै भएमा त्यसलाई तान्न धेरै शक्ति खर्च हुन्छ। तर निटा भीको ६३ प्रतिशत बडी हाइ टेनसिल स्टिलबाट बनेकाले यो कार सुरक्षित र धेरै माइलेज दिन्छ। हाइ टेनसिल स्टिल टेस्लाका कार र निटाका कारमा मात्र प्रयोग हुँदै आएको छ। 

च्यासिस : निटा भी कार प्योर ईभी च्यासिसमा निर्माण गरिएको हो। प्योर ईभी प्लेटफर्ममा उत्पादन भएको निटा भी कारमा पर्याप्त स्पेस उपलब्ध रहेको छ। जसले कार चलाउँदा आरामदायी महसुस गराउँछ। 

एक्सटर्नल पावर : निटा भी कारमा ३.३ किलोवाट क्षमताको भेहिकल टू लोड एक्सटर्नल डिस्चार्ज फंसन पनि उपलब्ध छ। यो विशेषताले निटा भीबाट अन्य कार तथा घरायासी विद्युतीय उपकरणमा चार्ज गर्न सकिन्छ।

neta v vtl.jpg

रेन्ज : निटा भीमा प्रयोग भएको ३८.५ किलोवाट आवर लिथियम आयन ब्याट्रीले एक पटकको फुल चार्जमा ३ सय ८० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ। त्यस्तै यो ब्याट्र शून्यबाट ८० प्रतिशत चार्ज हुन जम्मा २० मिनेट मात्र लाग्छ। 

ग्राउन्ड क्लियरेन्स : क्रसओभर सेगमेन्टको निटा भी विद्युतीय कारमा १ सय ७० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ। 

वारेन्टी : सीजी मोटरले निटा भीको ब्याट्री तथा मोटर दुवैमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी उपलब्ध गराएको छ।  

विद्युतीय सवारीमा समकालीन विश्वको सबैभन्दा शक्तिशाली उत्पादकहरू चीनमै छन्। तिनै शक्तिशाली मध्येको एक होजोन अटोमोबाइल हो। सोही कम्पनीले उत्पादन गरेको निटा भी विद्युतीय कार निक्कै आकर्षक र विशेषताले गरिएको छ। 

निटा भी कारमा संसारको सबैभन्दा ठूलो विद्युतीय कारको ब्याट्री उत्पादक कम्पनी सीएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ। यो कारमा गर्मी वा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली रहेको छ। 

नेपाली बजारमा निटा भी विभिन्न ५ रंगमा उपलब्ध छ भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। पछिल्लो समय नेपाली बजारमा आएको निटा भी परिमार्जनसहित आएको छ। हाल निटा भीको ग्राउन्ड क्लियरेन्स १ सय ७० एमएम रहेको छ। क्रसओभर सेगमेन्टमा यो ग्राउन्ड क्यिरेन्स भएको निभी भी आकर्षक र नेपाली बाटो सुहाउँदो रहेको छ। 


प्रकाशित : शनिबार, पुस २३ २०७९०८:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend