सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

विराटनगर आईसीपीमा कन्टेनर र रेल यार्ड तथा पहुँच मार्ग निर्माणका लागि ४ कम्पनीबीच प्रतिस्पर्धा हुने

शुक्रबार, पुस २२ २०७९
विराटनगर आईसीपीमा कन्टेनर र रेल यार्ड तथा पहुँच मार्ग निर्माणका लागि ४ कम्पनीबीच प्रतिस्पर्धा हुने

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विराटनगर आईसीपीमा कन्टेनर र रेल यार्ड तथा पहुँच मार्ग निर्माण गर्ने भएको छ।

मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले आईसीपी निर्माणका लागि गरेको टेन्डर सहभागी कम्पनीमध्ये प्राविधक रुपमा सफल कम्पनीहरू सार्वजनिक गरेको छ।

प्राविधिक रुपमा सफल कम्पनीहरू बीच आर्थिक प्रस्ताव समितले माग गरेको छ। प्राविधिक रुपमा गौरी पार्वती निर्माण सेवा, हिमढुंगा एण्ड थोकर, आशिर्वाद विष्णु जेभी र ओमसाइराम पीआर जेजी सफल भएका छन्।

अब यी नै कम्पनीहरूबीच आर्थिक प्रतिस्पर्धा हुने छ।


प्रकाशित : शुक्रबार, पुस २२ २०७९०४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend