बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

आईएमई इलेक्ट्रिकको नयाँ डिलर : कुलमानले गरे महाराजगञ्जमा गरिमा अटो कन्सर्नको उद्घाटन

बुधबार, पुस २० २०७९
आईएमई इलेक्ट्रिकको नयाँ डिलर : कुलमानले गरे महाराजगञ्जमा गरिमा अटो कन्सर्नको उद्घाटन

कार्यक्रममा कुलमान घिसिङले नेपालमा विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएको बताएका हुन्।

काठमाडौं- आईएमई इलेक्ट्रिक प्रालिले राफ्टका विद्युतीय स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगञ्जस्थित गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर थपेको छ।

उक्त डिलरको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका साथै आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वुधबार संयुक्त रुपमा उद्घाटन गरेका छन्।

कार्यक्रममा कुलमान घिसिङले नेपालमा विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएको बताएका हुन्। ‘नेपालले छिमेकी मुलुकबाट अरर्बौंको इन्धन आयात गर्छ, विद्युतीय सवारी साधनको प्रयोगले इन्धन आयात घटाउन र स्थानीय रूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रवद्र्घन गर्न मद्दत गर्नेछ,’ घिसिङले भने, ‘विशेषगरी राती गाडी चार्ज गर्दा ग्राहकहरूका लागि विद्युतीय सवारी साधनको प्रयोगमा ठूलो बचत हुन्छ। आईएमई जस्ता समूहले विद्युतीय सवारी साधनको प्रवद्र्धन गरिरहेकोमा म धेरै खुसी छु, म आईएमई  र गरिमालाई व्यापार वृद्धिको लागि शुभकामना दिन्छु।’

कार्यक्रममा बोल्दै चन्द्रप्रसाद ढकालले भने, ‘हामी गरिमा अटोलाई हाम्रो निरन्तर विस्तार हुँदै गइरहेको सञ्जालमा स्वागत गर्दछौं र उहाँहरूलाई सफलताको कामना गर्दछौं। आईएमई इलेक्ट्रिकले ई-मोबिलिटीमा अगुवा बन्ने लक्ष्य राखेको छ र नयाँ ऊर्जा सवारी साधन चलाउँदा जनताको पहिलो रोजाइ बन्न चाहन्छौं।’ राफ्ट टू-व्हीलर अक्टोबर २२ मा प्रस्तुत गरिएको थियो; र नेपालमा निकै लोकप्रिय बन्दै गएको बताए। उनले भने, ‘हामीले उत्पादन बिक्री मात्रै गर्दैनौं, पेट्रोलको आयात घटाएर वातावरण स्वच्छ राख्न मद्दत गर्दै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिइरहेका छौं।’

गरिमा अटोका प्रबन्ध निर्देशक दान राणाले आईएमई इलेक्ट्रिकसँग व्यापार साझेदारको रूपमा जोडिएको र ग्राहकलाई पर्यावरणमैत्री विद्युतीय दुई पांग्रे सवारी साधन उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरे। राफ्टका उत्कृष्ट विद्युतीय स्कुटर उपभोक्ताको रोजाइमा पर्ने विश्वास उनको छ।  

कम्पनीका अनुसार राफ्ट इलेक्ट्रिक स्कुटर १ लिटर पेट्रोलको मूल्यले विद्युतीय स्कुटर ८ सय किलोमिटरसम्म चल्छ। फायरपु्रफ ब्याट्री, रिभर्स गियर, हाईट एडजसटेबल शोक्क अब्सोर्बर्, मल्टी मोड्स अफ ड्राइभिङ, द्रुत चार्जको लागि १० एम्प चार्जर्, राम्रो सुरक्षाको लागि बाक्लो बडी, कि-लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट-अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरै सुविधाहरू राफ्ट स्कुटरमा उपलब्ध छन्। 

राफ्ट मोटर्सको उत्पादनमा एकै चार्जमा ३२० किलोमिटरसम्मको दायरासहित ६ मोडलभन्दा बढी विद्युतीय स्कुटरहरू छन्। 


प्रकाशित : बुधबार, पुस २० २०७९१३:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend