बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

निटाले २०२२ मा १ लाख ५२ हजार कार डेलिभरी गर्दा नेपालमा कति बिके?

बुधबार, पुस २० २०७९
निटाले २०२२ मा १ लाख ५२ हजार कार डेलिभरी गर्दा नेपालमा कति बिके?

२०२२ मा निटाको भी मोडल ९८ हजार हजार ८ सय ४७ वटा, यू मोडल ५१ हजार २१ वटा उपभोक्तालाई हस्तारन्तरण गरिएको हो।  

काठमाडौं- चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटो अन्तर्गतको निटा ब्रान्डले २०२२ मा विश्वभर १ लाख ५२ हजार ७३ वटा विद्युतीय कार बिक्री गरेको छ। निटा ब्रान्ड भी, यू, एस, यूप्रोलगायत मोडलका कार बिक्री गर्दै आएको छ। 

२०२१ मा विश्भर निटा ब्रान्डका ६९ हजार ६ सय ७५ वटा कार बिक्री भएको थियो। २०२२ मा विद्युतीय कार बिक्री १ सय १८ प्रतिशतले बढेर १ लाख ५२ हजार ७३ वटा कार बिक्री भएको कम्पनीले जनाएको छ। 

२०२२ मा निटाको भी मोडल ९८ हजार हजार ८ सय ४७ वटा, यू मोडल ५१ हजार २१ वटा उपभोक्तालाई हस्तारन्तरण गरिएको हो।  

निटा ब्रान्ड गत वर्ष नेपाली बजारमा भित्रिएको थियो। चौधरी समूह अन्तर्गतको सीजी मोटरले आधिकारिक बिक्रेताका रुपमा ल्याएको निटा ब्रान्डका विद्युतीय कार ‘विद्युतीय कार’कै लागि डिजाइन भएको कार ब्रान्ड हो। नेपाल आएको एक वर्षमा निटा ब्रान्डको भी मोडल १ सय ५० वटाभन्दा बढी बिक्री भएको कम्पनीले जनाएको छ। 

neta.jpg

क्रसओभर सेगमेन्टमा आकर्षक डिजाइन र उच्च रेन्जसहितको निटा भी नेपाल अएको हो। सीजी मोटर्सले ‘सीजीरिभोलुसन’को नारासहित न्यू इनर्जी सवारीलाई प्राथमिकता दिने नीतिमा रहेका कारण धेरै रेन्ज दिने, उपयुक्त मूल्यको विद्युतीय सवारी नेपाली उपभोक्तालाई उपलब्ध गराएको हो।

विद्युतीय सवारीमा समकालीन विश्वको सबैभन्दा शक्तिशाली उत्पादकहरू चीनमै छन्। तिनै शक्तिशाली मध्येको एक होजोन अटोमोबाइल हो। सोही कम्पनीले उत्पादन गरेको निटा भी विद्युतीय कार निक्कै आकर्षक र विशेषताले गरिएको छ। 

kaligandaki rafting.jpg

निटा भीले एक पटकको फुल चार्जमा ३ सय ८० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ। निटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ। 

यो कारमा गर्मी वा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली रहेको छ। नेपाली बजारमा निटा भी विभिन्न ५ रंगमा उपलब्ध छ। हाल परिस्क्रित डिजाइनमा आइको निटा भीको ग्राउन्ड क्लियरेन्स १ सय ७० एमएम रहेको छ। 

सीसी मोटर्सले नक्साल भाटभटेनी नजिकै निटा भीको शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले उपत्यकासहित विभिन्न स्थानमा चार्जिङ नेटवर्क विस्तारको कामलाई तीब्र बनाएको छ। हाल निटा भी उपलब्ध गराएको सीजी मोटरले अबको केही समयपछि निटा यू प्रो र निटा एस पनि नेपाली उपभोक्तालाई उपलब्ध गराउने बताएको छ। 
यस्ता छन् निटा भीका विशेषता 

लेन्थ- ४ हजार ७० एमएम

वाइड- १६ सय ९० एमएम 

हाइट- १५ सय ४० एमएम 

ह्वीलवेस- २४ सय २० एमएम 

अधिकतम गति- १ सय १ किलोमिटर प्रतिघण्टा 

ग्राउन्ड क्लियरेन्स- १ सय ६० एमएम  

ब्याट्री- ३८.५४ केडब्लूएच (सीएटीएल लिथियम आयन) 

मोटरको पावर- ७०र९० केडब्लूरपीएस 

अधिकतम टर्क- १ सय ६० एनएम 

१४.६ इन्चको इन्टेलिजेन्ट कन्ट्रोल स्क्रिन

सिट क्षमता- ५

बुट स्पेस- ३ सय ३५ लिटर


प्रकाशित : बुधबार, पुस २० २०७९०४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend