आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

चीनबाट बाहिरिँदै लिंक्डइन 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २९ २०७८
images
images
चीनबाट बाहिरिँदै लिंक्डइन 

फेसबुक, ट्विटर, युटुब लगायका साइटहरु यसअघि नै चीनमा प्रतिबन्धित छन्। चीन सरकारले अहिलेसम्म लिंक्डइनलाई प्रतिबन्ध लगाएको छैन।

images
images

काठमाडौं- माइक्रोसफ्टले आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म चीनमा बन्द गर्ने भएको छ। सन् २०१४ देखि चिनियाँ भर्सनको सेवा दिइरहेको लिंक्डइन बन्द हुने भएको छ। 

images
images
images

पछिल्लो समय चीनमा सेवा सञ्चालनका लागि जटिल प्रक्रिया पूरा गर्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको माइक्रोसफ्टले उल्लेख गरेको छ। कन्टेन्टहरुमा अधिक राजनीतिक सेन्सरका कारणले उसले चीनमा लिंक्डइन बन्द गर्ने भएको हो। 

images

'चीनमा जागिर र आर्थिक अवसर खोज्नका लागि हाम्रा सदस्यहरुलाई सहयोग गर्यौ। यो मामिलामा हामी सफल भयौँ। तर सूचना तथा जानकारीको सम्प्रेषण जस्ता समाजिक कुरामा हामी सफल भएनौं' कम्पनीले वेबसाइटमा लेखेको छ' सञ्चालनका लागि यति धेरै जटिल शर्तहरू छन् कि त्यसलाई हामीले थेग्नसक्नेभन्दा धेरै।'

images
images
images

लिंक्डइनको चिनियाँ भर्सनमा ५ करोड भन्दा बढी प्रयोगकर्ता थिए। 

फेसबुक, ट्विटर, युटुब लगायका साइटहरु यसअघि नै चीनमा प्रतिबन्धित छन्। चीन सरकारले अहिलेसम्म लिंक्डइनलाई प्रतिबन्ध लगाएको छैन।

तर पछिल्लो समय चिनियाँ प्रयोगकर्ताहरुको खाता ब्लक भइरहेका थिए। सूचना तथा अभिव्यक्तिको विषयलाई लिएर धेरै सेन्सर हुन थालेपछि माइक्रोसफ्टले चीनबाट बाहिरिने निर्णय लिएको हो। 


प्रकाशित : शुक्रबार, असोज २९ २०७८०२:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend