बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

चिसोबाट गाडी सुरक्षित राख्न २० देखि २२ गतेसम्म सुजुकीको विन्टर फ्रि सर्भिस 

मंगलबार, पुस १९ २०७९
चिसोबाट गाडी सुरक्षित राख्न २० देखि २२ गतेसम्म सुजुकीको विन्टर फ्रि सर्भिस 

सुजुकीको ‘विन्टर फ्रि सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ। ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ। 

काठमाडौं- नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङसको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यही पुस २० देखि २२ गतेसम्म ‘विन्टर फ्रि  सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ। जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकाले सीजी मोटोकर्पले उक्त सर्भिसको आयोजना गरेको हो। 

चिसोबाट सवारीलाई सुरक्षित राख्ने बारे सुजुकी ग्राहकलाई जानकारी गराउन र उनीहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प सञ्चालन हुन लागेको कम्पनीले जनाएको छ। सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर  पाउनको साथै १५ जना लक्की ग्राहकले फ्रि सर्भिस भौचर पनि जित्न सक्ने छन्। 

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी/हिटर  चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने छन्। त्यसैगरी एसडीटी डायग्नोसिस र ह्वील एलाइनमेन्टमा उनीरुले ५०  प्रतिशत छुट  पाउने छन् भने इन्जिन कुलिङ, एसी/हिटर सम्बन्धि पार्टस र एसोसरिजमा १० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ। साथै यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस् र  इन्जिन आयलमा ५ प्रतिशत छुट पाउने छन्।

सुजुकीको ‘विन्टर फ्रि सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ। ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ। 


प्रकाशित : मंगलबार, पुस १९ २०७९०८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend