मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

पेट्रोल पम्पजस्तै चार्जिङ स्टेसन राख्‍न सकिने, निजी संस्थालाई निवेदन दिन आग्रह 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २८ २०७८
पेट्रोल पम्पजस्तै चार्जिङ स्टेसन राख्‍न सकिने, निजी संस्थालाई निवेदन दिन आग्रह 

स्थानीयस्तरमा चार्जिङ स्टेसन जडान गर्न इच्छुक निजी संस्थाहरूलाई प्राधिकरणमा सम्पर्क गर्न भनिएको छ। 

काठमाडौं- सहरी तथा राजमार्ग क्षेत्रमा पेट्रोल पम्पजस्तै विद्युतीय सवारीसाधनका लागि आवश्यक चार्जिङ स्टेशन राख्न पाइने भएको छ। 

नेपाल विद्युत प्राधिकरणले चार्जिङ स्टेसन राख्न इच्छुक संघ संस्था तथा व्यवसायीहरूलाई आव्हान गरेको छ। एक वर्षमै पाँच सय स्टेसन राख्ने लक्ष्य रहेको र सोहीअनुसार निवेदन दिन प्राधिकरणले आग्रह गरेको छ। 

आवश्यकता अनुसार देशभरका राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल, रेष्टुरेन्ट एवं अन्य सार्वजनिक स्थलमा चार्जिङ स्टेसन निर्माण गर्न इच्छुक निजी तथा सार्वजनिक संस्थालाई प्राधिकरणले आव्हान गरेको हो। 

स्थानीयस्तरमा चार्जिङ स्टेसन जडान गर्न इच्छुक निजी संस्थाहरूलाई प्राधिकरणमा सम्पर्क गर्न भनिएको छ। 

नेपाल विद्युत प्राधिकरण आफैले यही वर्षभित्र तीन दर्जन चार्जिङ स्टेसन बनाउने छ। नेपालमा विद्युतीय सवारीसाधनको उपयोग बढाउनका लागि अनिवार्य मानिएको चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्र समेट्ने कार्यक्रम प्राधिकरणले सार्वजनिक गरेको हो। 


प्रकाशित : बिहीबार , असोज २८ २०७८०४:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend