सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

मेन्छियाम हाइड्रोपावरको उत्पादन सुरु

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १६ २०७९
मेन्छियाम हाइड्रोपावरको उत्पादन सुरु

पिलुवाखोलामा १ अर्ब ३१ करोड रुपैयाँ लगानीमा निर्माण भएको हाइड्रोपावरले विद्युत उत्पादन सुरु गरेको हो। उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

सङ्खुवासभा- सङ्खुवासभाको पिलुवाखोलामा निर्माण भएको मेन्छियाम हाइड्रोपावरले (चार दशमलव ७२ मेगावाट) विद्युत उत्पादन सुरु गरेको छ।

पूर्वराज्यमन्त्री दीपक खड्काको सक्रियतामा सङ्खुवासभाको चैनपुर नगरपालिकास्थित पिलुवाखोलामा १ अर्ब ३१ करोड रुपैयाँ लगानीमा निर्माण भएको सो हाइड्रोपावरले विद्युत उत्पादन सुरु गरेको हो। उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

उक्त जलविद्युत् आयोजनाको शुभारम्भ भने हाइड्रोपावरका अध्यक्ष खड्का र उद्योगपति विनोद चौधरीले पुस १३ गते सङ्खुवासभामा  गरिसक्नुभएको छ । 

हाइड्रोपावर सम्पन्न भएको अवसरमा यहाँ आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता खड्काले कोरोना महामारीका कारण हाइड्रोपावर निर्माणमा केही ढिला भएको बताए। उनले छ वर्ष लगाएर उक्त हाइड्रोपावर सम्पन्न गरेको जानकारी दिए।

'स्थानीयवासीलाई पहिलो प्राथमिकतामा राखेर शेयर निष्काशन गर्ने तयारीमा जुटेका छौँ', उनले भने। 

इन्जिनियर विकल थापाले उक्त जलविद्युत् आयोजनाको पाँच दशमलव दुई मेघावाट उत्पादन गर्नसक्ने क्षमता रहेको बताए। रासस


प्रकाशित : शनिबार, पुस १६ २०७९०५:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend