आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

गल्फ लुब्रिकेन्टद्वारा स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न

images
शुक्रबार, पुस १५ २०७९
images
गल्फ लुब्रिकेन्टद्वारा स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न

क्याम्प नेपाल ल्युब आयल र नेपाल ल्युब आयलको आधिकारिक ओईएम सेल्स पार्टनर राजेश ट्रेडर्स एन्ड  सप्लायर्सको संयुक्त आयोजनामा भएको हो।  

images
images

काठमाडौं- नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न गरेको छ। पसु ९ देखि १३ सम्म सो  क्याम्प भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुर भएको थियो। 

images
images
images

स्वराज ट्रयाक्टरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज प्रदान गरेको थियो। ट्रयाक्टर धनी तथा ड्राइभरको स्वास्थ्य अवस्थालाई पनि प्राथमिकता दिई निःशुल्क बडी चेकअप र रक्तचाप जाँच पनि गरिएको थियो। 

images
images

सो क्याम्पमा सहभागी सबै ट्रयाक्टर धनी तथा ड्राइभरलाई उपहार स्वरूप  गल्फका विभिन्न सामग्री प्रदान गरिएको थियो। क्याम्प नेपाल ल्युब आयल र नेपाल ल्युब आयलको आधिकारिक ओईएम सेल्स पार्टनर राजेश ट्रेडर्स एन्ड  सप्लायर्सको संयुक्त आयोजनामा भएको हो।  

images
images

कम्पनीका  अनुसार स्वराज ट्रयाक्टरका ग्राहकहरुलाई थप इन्जिन, ल्युब र समय समयमा गर्नुपर्ने सर्भिसिङको  लाभ सम्बन्धमा ससुचित गर्न र गल्फ लुब्रिकेन्टलाई निरन्तरता दिन यो कार्यक्रम आयोजना गरिएको हो। सो क्याम्पमा १७० भन्दा धेरै ट्रयाक्टर धनीहरु सहभागी थिए। ग्राहकहरुको यो उत्साहले कम्पनीलाई थप प्रेरणा मिलेको जनाएको छ। 

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ। नेपालमा गल्फ ब्राण्ड बिगत ३८ वर्षदेखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ।  


प्रकाशित : शुक्रबार, पुस १५ २०७९०७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend