बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

टाटाको मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न  

मंगलबार, पुस १२ २०७९
टाटाको मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न  

यस तीन दिने क्याम्पमा  टाटाका  ९५५ वटा  पेसेन्जर सेगमेन्टका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले   जाँच एवं  मर्मत सम्भार गरिएको थियो भने १ हजार ५ सय ३३ व्यक्तिहरुको सहभागिता थियो।

काठमाडौं- टाटा मोटरसको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङद्वारा ३ दिनसम्म गरिएको मेगा सर्भिस क्याम्प सकिएको छ। टाटाका  १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा आयोजित मेगा सर्भिस क्याम्पको मंगलबार  सफलतापूर्वक सम्पन्न भएको हो।

यी केन्द्रहरुमध्ये ३ वटा काठमाडौं उपत्यकाका  बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्।  त्यसैगरी ,  बाँकी ९ वटा उपत्यका बाहिरका  स्थानहरु पोखरा, इटहरी, मेची, वीरगञ्ज, ढल्केबार, हेटौँडा, सराह,  धनगढी, नेपालगञ्जमा रहेका छन्। 

यस तीन दिने क्याम्पमा  टाटाका  ९५५ वटा  पेसेन्जर सेगमेन्टका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले   जाँच एवं  मर्मत सम्भार गरिएको थियो भने १ हजार ५ सय ३३ व्यक्तिहरुको सहभागिता थियो। यस्तो  जाँच गराउदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं  अन्य सुविधाहरु प्राप्त गरेका थिए।

म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको  खरिदमा क्रमश :  १८, १५ र १८  प्रतिशत छुट लगायत टप वाशिङ, कम्प्युटर डायग्नोसिस,  सस्पेन्सन चेक-अप, ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि नि: शुल्क प्रदान गरिएको थियो।   यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार रुपैयाँ नगद फिर्ताको पनि व्यवस्था थियो।

हाल नेपालमा टाटाका  पेसेन्जर सेगमेन्टका गाडीहरु बजार द्रुत गतिमा भइरहेको छ।  यसै सन्दर्भमा यस्ता गाडीहरुको ग्राहकहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गरिएको  सिप्रदी ट्रेडिङका कस्टोमर केयर प्रमुख कुमारी भण्डारी बताए। 'यो क्याम्पमा हामीले साँच्चैनौ अपेक्षाभन्दा पनि बढी ग्राहकहरुको सहभागिता भयो। यसले कम्पनीलाई भविष्यमा अझ उत्कृष्ट भन्दा उत्कृष्ट सेवा /सुविधा उनीहरुलाई प्रदान गर्ने प्रेरणा मिलेको छ,' उनले भने।   


प्रकाशित : मंगलबार, पुस १२ २०७९१२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend