बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

अटो एक्सपो २०२३ : टाटा मोटर्सले हाइड्रोजन फ्युल सेल तथा ‘कनेक्टेड कार टेक्नोलोजी’ सार्वजनिक गर्ने

शनिबार, पुस ९ २०७९
अटो एक्सपो २०२३ : टाटा मोटर्सले हाइड्रोजन फ्युल सेल तथा ‘कनेक्टेड कार टेक्नोलोजी’ सार्वजनिक गर्ने

उक्त फ्युल सेल तथा कनेक्टेड कार टेक्नोलोजी आगामी जनवरी ११ देखि भारतको ग्रेटकर नोयडामा हुने अटो एक्सपो २०२३ मा सोकेस गर्ने भएको छ। 

काठमाडौं- टाटा मोटर्सले यो वर्षको अटो एक्सपोमा नियमितभन्दा फरक उत्पादन सोकेस गर्ने भएको छ। टाटाले पेट्रोलियम सवारी, विद्युतीय सवारी बाहेकको उत्पादन सार्वजनिक गर्ने भएको हो। 

टाटा मोटर्सले भारतमै पहिलो पटक हाइड्रोजन फ्युल सेलको विकास गरेको छ। उक्त फ्युल सेल तथा कनेक्टेड कार टेक्नोलोजी आगामी जनवरी ११ देखि भारतको ग्रेटकर नोयडामा हुने अटो एक्सपो २०२३ मा सोकेस गर्ने भएको छ। 

टाटाले हालै सामाजिक सञ्चालमा हाइड्रोजन फ्युल सेलको सानो भिडियो क्लिप सार्वजनिक गरेको थियो। आफूले हाइड्रोजन फ्युल सेलबारेको प्रविधि विकास गरिरहेको र त्यसलाई अटो एक्सपोमा सोकेसमा राख्ने तयारी गरेको छ। 

हाइड्रोजन फ्युल सेल कारले विद्युतीय कारमा ब्याट्रीमा स्टोर भएको विद्युतबाट चलेजस्तै हाइड्रोजनबाट चल्नेृ छ। फ्युुल सेल प्रविधिले हाइड्रोजनलाई रसायनको माध्यबाट विद्युतमा बदलेर कार चलाउँछ। कारमा पेट्रोलियम पदार्थ भर्ने ट्यांकी भएजस्तै हाइड्रोजन भर्ने ट्यांकी हुनेछ।

यस्तो ट्यांकी निक्कै सुरक्षित समेत हुनेछ। यसबारे टाटाले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट सार्वजनिक गरेको छ। भारतलाई भविष्यको नयाँ गन्तब्यमा लाने इन्धनका रुपमा लिएको र यसलाई अटो एक्सपोमा सार्वजनिक गर्ने टाटाले उल्लेख गरेको छ। 

हाइड्रोजन फ्युल सेलका साथै टाटाले अत्याधुनिक कनेक्टेड कार टेक्नोलोजी समेत अटो एक्सपोमै सार्वजनिक गर्नेछ। हाल टाटाले आइआरए कनेक्टेड इन्टरनेट टेक्नोलोजीमा आधारित प्रविधि प्रयोग गरिरहेको छ। यो प्रविधिमा थप परिमार्जन गरेर सोकेस गर्ने तयारी टाटाको छ। 

टाटा मोटर्सले होइड्रोजन फ्युल सेल तथा कनेक्टेड कार टेक्नोलोजीका अलावा ह्यारियर र सफरीको फेसलिफ्ट भर्सन पनि सार्वजनिक गर्ने तय भएको छ। त्यस्तै टाटाले माइक्रो एसयूभी पन्चको विद्युतीय भर्सन पन्च ईभी समेत सोकेस गर्ने घोाषणा गरेको छ। 

टाटाले केही महिनाअघि सार्वजनिक गरेको कर्भ तथा अभेन्या विद्युतीय कार समेत एक्सपोमा आउन सक्छन्। कर्भ र अभेन्या पूर्णतः विद्युतीय कारकै लागि डिजाइन भएका सवारी हुन्। प्रिमियम ह्याचब्याक कार अट्रोलको विद्युतीय भर्सन पनि एक्सपोमा आउनेछ। यसका साथै टाटाले पेट्रोलिय पदार्थबाट चल्ने सवारीका साथै विद्युतीय सवारीका थप मोडलहरुको सोकेस गर्ने छ। 


प्रकाशित : शनिबार, पुस ९ २०७९१०:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend