सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

चिप अभावले आइफोनको उत्पादन घटाउँदै एप्पल 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २७ २०७८
चिप अभावले आइफोनको उत्पादन घटाउँदै एप्पल 

एप्पलले सन् २०२१ भित्र ९ करोड आइफोन उत्पादन गर्ने लक्ष्य लिएको थियो। यसमध्ये उसले १ करोडले लक्ष्य घटाउने तयारी गरेको ब्लुमबर्गले उल्लेख गरेको छ। 

काठमाडौं- अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले आइफोनको उत्पादन लक्ष्यअनुसार गर्ननसक्ने घोषणा गरेको छ। 

हालैमात्र सार्वजनिक भएको आइफोन थर्टीनको उत्पादन लक्ष्यअनुसार गर्न नसक्ने कम्पनीले घोषणा गरेको छ। चिप अभावका कारणले गर्दा लक्ष्यअनुसारको उत्पादन गर्न नसक्ने कम्पनीले जानकारी दिएको छ। 

एप्पलले सन् २०२१ भित्र ९ करोड आइफोन उत्पादन गर्ने लक्ष्य लिएको थियो। यसमध्ये उसले १ करोडले लक्ष्य घटाउने तयारी गरेको ब्लुमबर्गले उल्लेख गरेको छ। 

एप्पलको प्रमुख कार्यकारी टिम कुकले यसअघि नै चिप आपूर्तिको समस्या आउनसक्ने चेतावनी दिएका थिए। यद्यपि उनले समस्या समाधानका लागि कम्पनीले हरसम्भव प्रयास गर्ने उनले बताएका थिए। लक्ष्य भेटाउन तथा आपूर्तिकर्ताहरुलाई समयमै आइफोन उपलब्ध गराउन कुनै पनि कसुर बाँकी नराख्ने उनले बताएका थिए। 

चिप अभावका कारणले गर्दा सवारीसाधन देखि स्मार्टफोन उत्पादन प्रभावित भइरहेको छ। 


प्रकाशित : बुधबार, असोज २७ २०७८०२:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend