सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

'मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमी' निर्माणको लागत १ अर्ब २८ करोड

बुधबार, पुस ६ २०७९
'मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमी' निर्माणको लागत १ अर्ब २८ करोड

मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमी निमार्णका लागत १ अर्ब २८ करोड ६६ लाख ३ हजार ८ सय ३७ रुपैयाँ अनुमान गरिएको छ।

काठमाडौं- मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमी निमार्णको लागत १ अर्ब २८ करोड ६६ लाख ३ हजार ८ सय ३७ रुपैयाँ अनुमान गरिएको छ।

एकेडेमीभित्र बन्ने सबै प्रकारको संरचना निर्माणका लागि आवश्यक वातावरणी प्रभाव मूल्यांकन तयार गरिएको छ। तयार पारिएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट युवा तथा खेलकुद मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको छ। मन्त्रालयले रिपोर्टको राय सुझावका लागि सात दिनको समयसीमा तोकेर सार्वजनिक गरेको छ।

एकेडेमी निर्माणको प्रस्तावक राष्ट्रिय खेलकुद परिषद रहेको छ। एकेडेमीका संरचनाहरू बागमती प्रदेश काठमाडौं जिल्ला मनोहरा नगरपालिका वडा नम्बर ६ मा बन्ने छ।

map.JPG

एकेडेमी निर्माण आयोजनाको कुल क्षेत्रफल २ सय ९४ रोपनी ११ आना रहेको छ। आयोजनामा २ वटा खेलमैदान, प्याभिलियन, गार्ड हाउस, टिकट काउन्टर, अभ्यास नेट, होस्टल ब्लक, रेष्टुरेन्ट, स्विमिङ पुल, जिम हल, खेलाडीहरूको ब्लक, पार्किङ क्षेत्र, बाटो, हरियाली क्षेत्र जस्ता संरचनाहरू निर्माण प्रस्ताव गरिएको हो।

यो आयोजना स्थल पहिलेको गोकर्ण ल्याण्डफिल साइटमा प्रस्ताव गरिएको हो। यो ठाउँमा सन् १९८६ देखि १९९४ सम्म काठमाडौं महानगरपालिको फोहोर डम्प गरेको थियो।

यो आयोजनाको क्षमता १५ हजार जनाको क्षमता र आवश्यताअनुसार ५ हजार जनासम्म थप्न मिल्ने बन्ने छ।

आयोजनाको निर्माण चरणमा २२ सय किलोवाट घण्टा प्रतिमहिना र सञ्चालन चरणमा ५५ हजार किलोवाट घण्टा प्रतिमहिना विद्युत खपत हुने रिपोर्टमा उल्लेख छ।


प्रकाशित : बुधबार, पुस ६ २०७९१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend